लिंक क्लिक गर्दा स्वाहा होला बैंकको पैसा ! ३ जना 'स्क्यामर' पक्राउ
सारांश
- सामाजिक सञ्जालमा आकर्षक विज्ञापनको प्रलोभनमा पारी बैंक खाता खाली गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।
- प्रहरीले सिन्धुपाल्चोक, ओखलढुंगा र भारतका नागरिकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
- पक्राउ परेका व्यक्तिहरूले फेसबुकमा 'सर्वे लिंक' मार्फत ठगी गर्ने गरेको र थप अनुसन्धान भइरहेको छ।
काठमाडौँ । सावधान ! सामाजिक सञ्जालमा देखिने आकर्षक विज्ञापनको प्रलोभनमा परेर अपरिचित लिंक क्लिक गर्दा तपाईंको बैंक खाता रित्तिन सक्छ। यस्तै ठगीमा संलग्न एक गिरोहका तीन जना 'स्क्यामर'लाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-११ का ४० वर्षीय राजन गिरी, ओखलढुंगा चम्पादेवी गाउँपालिका-८ घर भई हाल काठमाडौँ बुढानिलकण्ठ बस्ने २६ वर्षीया मिना लकन्द्री र भारत बिहारका २६ वर्षीय आदित्य कुमार रहेका छन्।
ब्युरोका अनुसार, यो गिरोहले सामाजिक सञ्जाल फेसबुकमा विभिन्न बैंकको नाममा 'सर्भे लिंकमा क्लिक गरी बोनस प्राप्त गर्नुहोस्' जस्ता आकर्षक विज्ञापन पोस्ट गर्ने गरेको थियो। उक्त लिंकमा क्लिक गरेपछि प्रयोगकर्ताको बैंक खाताबाट रकम अनलाइनमार्फत अन्य खातामा ट्रान्सफर भई ठगी हुने गरेको थियो।
यसरी ठगिएका पीडितहरूबाट उजुरी प्राप्त भएपछि ब्युरोले प्राविधिक अनुसन्धान अगाडि बढाएको थियो। अनुसन्धानका क्रममा गिरोहको पहिचान भएपछि ब्युरोको टोलीले उनीहरूलाई काठमाडौँको ठमेलस्थित छायाँ सेन्टर कम्प्लेक्सबाट पक्राउ गरेको शुक्रबार जानकारी गराएको छ ।
उनीहरूको साथबाट प्रहरीले नेपाली तथा विदेशी नगद, विभिन्न बैंकका एटीएम कार्ड, भारतीय नम्बरका सिम कार्ड, मोबाइल फोन र क्यासिनो कार्डसमेत बरामद गरेको छ।
पक्राउ परेका तीनै जनालाई विद्युतीय माध्यमसम्बन्धी कसुरमा थप अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी कारबाही अगाडि बढाइएको ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिपक राज अवस्थीले जानकारी दिए । प्रहरीले सामाजिक सञ्जालमा आउने यस्ता अपरिचित र शंकास्पद लिंकमा क्लिक नगर्न सबैलाई अनुरोध गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण