सानोभाईले पूरा गरे विश्व ट्रायथलन प्रशिक्षकको लेभल टु कोर्स
सारांश
- सानोभाई पौडेल विश्व ट्रायथलन प्रशिक्षकको लेभल टु कोर्समा उत्तीर्ण भए।
- उनले दक्षिण कोरियामा आयोजित कोर्स पूरा गरेपछि अन्तर्राष्ट्रिय खेलाडीलाई प्रशिक्षण दिन सक्ने भएका छन्।
- पौडेलले सागमा नेपाललाई दुई स्वर्ण दिलाउँदा प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए र अब खेलाडीको स्तर बढाउने लक्ष्य राखेका छन्।
काठमाडौँ । नेपालका सानोभाई पौडेलले विश्व ट्रायथलन प्रशिक्षकको लेभल टु कोर्समा उत्तीर्ण भएका छन् । दक्षिण कोरियाको सोलमा विश्व ट्रायथलनको आयोजनामा सेप्टेम्बर १२ देखि १६ तारिखसम्म भएको कोर्स प्रशिक्षक पौडेलले पूरा गरेका हुन् ।
यो कोर्स पूरा गरेपछि पौडेल अब अन्तर्राष्ट्रिय ट्रायथलन एथलेट्सहरुलाई पनि प्रशिक्षण दिन योग्य भएका छन् ।
‘लेभल टु कोर्स कठिन थियो । लेभल टु प्रशिक्षक बन्न थुप्रै मापदण्ड पूरा गर्नुपर्छ । कोरियामा कोर्स पूरा गरेपछि पनि नेपालमा करिब छ हप्ताको समयमा सो कोर्ससँग सम्बन्धित कोर्सहरू नेपालमा व्यवहारिक रूपमा लागू गरेको भिडियो बनाएर पठाएको थिएँ । सो भिडियोको विश्लेषण गरेपछि बल्ल बुधबार राति लेभल टु प्रशिक्षकको प्रमाणपत्र हासिल गरेको हुँ– प्रशिक्षक पौडेलले जानकारी दिए ।
सन् २०१९ मा नेपालमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले ट्रायथलनमा दुई स्वर्णसहित ६ पदक जित्दा पौडेल प्रशिक्षकको जिम्मेवारीमा रहेका थिए । पौडेलले लेभल टु कोर्सपछि अब नेपाली ट्राइथलन खेलाडीहरूलाई थप परिष्कृत प्रशिक्षण दिएर उनीहरूको स्तर बढाउने उद्देश्य लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण