माओवादी केन्द्रको नाम, झन्डा र चुनाव चिह्न यथावत् राख्न माग गर्दै आयोगमा दर्ता भयो निवेदन
सारांश
- माओवादी केन्द्रको नाम, चुनाव चिन्ह, झन्डा र माओवाद यथावत् राख्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता गरियो।
- जनार्दन शर्मा नेतृत्वको समूहले पार्टीको पहिचान परिवर्तन नगर्न र महाधिवेशनको मिति घोषणा भइसकेकाले दीर्घकालीन निर्णय नगर्न आग्रह गर्यो।
- निवेदनमा पार्टीको पहिचान परिवर्तन गरे निर्वाचनको वैधानिकतामाथि प्रश्न उठ्ने जिकिर गरिएको छ।
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को नाम, चुनाव चिन्ह, झन्डा र मार्गदर्शक सिद्धान्त ‘माओवाद’ लाई यथावत् राख्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ।
सहिद सन्तति सन्दीप पुनसहित जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानका नेताहरू शुक्रबार आयोग पुगेर निवेदन दर्ता गराएका हुन् । अभियानका नेता रजमान तामाङले महाधिवेशनको मिति घोषणा भइसकेकाले हाल नेपाली कम्युनिस्ट पार्टी बनाएका प्रचण्डले दीर्घकालीन असर पर्ने निर्णय गर्न नसक्ने जिकिर गर्दै पार्टीको पहिचान फ्रिज नगर्न आयोगलाई आग्रह गरिएको जानकारी दिए ।
निवेदनमा पार्टीको वर्तमान कार्यसमिति ‘महाधिवेशन आयोजक समिति’ मात्र भएको र विधानअनुसार यो केवल कामचलाउ प्रकृतिको रहेको दाबी गरिएको छ। 'उक्त काम चलाऊ आयोजक समितिले पार्टी जीवनमा दीर्घकालीन असर गर्ने कुनै पनि निर्णय गर्न नसक्ने,' निवेदनमा उल्लेख छ, 'अर्को कुनै पार्टीमा विलय वा मर्ज गर्न तथा चुनाव चिन्ह र पार्टीको दार्शनिक मान्यता माओवाद परित्याग गर्न सक्दैन।'
पार्टीको नाम, झन्डा र चुनाव चिन्हलाई ऐतिहासिक जनयुद्ध र हजारौँ सहिद, घाइते तथा बेपत्ताहरूको योगदानसँग जोडिएको तामाङले बताए। यी पहिचानहरू पार्टीको विधान विपरीत गएर कसैले परिवर्तन गर्न नसक्ने र यसमा बाहिरी दबाब तथा प्रभावबाट आयोग प्रभावित हुन नहुनेमा निवेदकमा जोड दिइएको छ ।
यदि आयोगले पार्टीको पहिचान फ्रिज गरेर चुनावमा भाग लिनबाट वञ्चित गराएमा त्यसले निर्वाचनको वैधानिकतामाथि नै प्रश्न उठाउने निवेदनमा जिकिर गरिएको छ । निवेदनको दर्ता नम्बर ६५३ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण