बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

प्रतिनिधिसभा निर्वाचन : प्रचार–प्रसार अवधि १४ दिन

शुक्रबार, २१ कात्तिक २०८२, १६ : ५५
शुक्रबार, २१ कात्तिक २०८२

सारांश

  • निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको कार्ययोजना तयार पारेको छ, जसअनुसार फागुन २१ गते निर्वाचन हुनेछ।
  • आयोगले निर्वाचन प्रचारप्रसारका लागि १४ दिनको समय तोकेको छ, फागुन ४ देखि १८ गतेसम्म प्रचार गर्न पाइनेछ।
  • फागुन १२ गतेभित्र मतपत्र जिल्ला सदरमुकाममा आइपुग्नेछ र त्यसपछि मतदान केन्द्रमा पठाइनेछ।

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि कार्ययोजना तयार बनाएको छ । आगामी फागुन २१ गतेलाई निर्धारण भएको निर्वाचनका लागि आयोगले कार्य योजना तयार पारेको हो ।

आयोगको कार्य योजना अनुसार निर्वाचनको प्रचार–प्रसारका लागि १४ दिनको समय निर्धारण गरिएको छ । आयोगका अनुसार निर्वाचन प्रचार–प्रसार अवधि फागुन ४ देखि १८ सम्म मात्रै रहनेछ । त्यसपछि मौन अवधि सुरु हुनेछ ।

त्यस्तै फागुन १२ गतेभित्र मतपत्र जिल्ला सदरमुकाम पुगि सक्नेछन् भने त्यसपछि जिल्लाका मतदान केन्द्रहरूमा पठाइनेछ । राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको शुक्रबारको बैठकमा निर्वाचन पूर्व तयारीको अवस्था र आगामी कार्यक्रमबारे आयोगले यसबारे जानकारी दिएको हो । 

बैठकमा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी र सचिवले संसदीय समितिलाई निर्वाचनको तयारीबारे जानकारी ब्रिफिङ गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप