सम्पर्क समितिका सभापतिहरूले भने– नियमित महाधिवेशनबाट कांग्रेस पछाडि हट्नुहुँदैन
काठमाडौँ । नेपाली कांग्रेसका विभिन्न जिल्लाका काठमाडौँमा उपलब्ध सम्पर्क समितिका सभापतिहरूको बैठकले पार्टीको १५ औँ महाधिवेशन नियमित रूपमा गर्न माग गरेकाे छ ।
शुक्रबार काठमाडौँको नयाँ बानेश्वरमा बसेको बैठकले सभापतिमा जाेसुकै निर्वाचित भए पनि कांग्रेसको महाधिवेशन समयमा नै गर्नुपर्ने उनीहरूले माग गरेका हुन् ।
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक केन्द्रीय कार्यालयमा बसिरहेका बेला सम्पर्क समितिका सभापतिहरूले नियमित अधिवेशन गर्न दबाब दिएका हुन् ।
नेपाली कांग्रेस सुनसरी काठमाडौँ सम्पर्क समितिका सभापति बाबुराम आचार्यले कांग्रेसले आफ्नो अधिवेशन बिना सर्तमा समयमै गर्नुपर्ने र नियमित अधिवेशन हुन नसके केही समय थपेर भए पनि विशेष महाधिवेशन गर्नुपर्ने बताए ।
कांग्रेस महामन्त्री गगन कुमार थापाले अधिवेशन समयमै गर्न मितिसहित प्रस्ताव गरेका छन् । नेतृत्व पुरानो आए पनि अधिवेशनबाट अनुमोदन गर्नुपर्ने उनीहरूले माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण