हिरासतमा थुनुवा मृत्यु प्रकरणबारे छानबिन गर्न समिति गठन
शुक्रबार, २१ कात्तिक २०८२, २२ : ४२
सारांश
- सुर्खेत जिल्ला प्रहरी कार्यालयको हिरासतमा थुनुवा गङ्गे सुनारको मृत्यु भएपछि छानबिन समिति गठन गरियो।
- जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृतको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनाइएको छ।
- लागुऔषध मुद्दामा थुनामा रहेका २६ वर्षीय सुनार प्रहरी हिरासतमा अचेत अवस्थामा फेला परेका थिए र उनको मृत्यु भयो।
कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा थुनुवा गङ्गे सुनारको मृत्यु भएको प्रकरणबारे छानबिन गर्न समिति गठन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलको संयोजकत्वमा आज पाँच सदस्यीय समिति गठन भएको हो । उक्त समितिमा वीरेन्द्रनगर नगरपालिका–११ का वडाध्यक्ष खिमलाल देवकोटा, मानवअधिकार सञ्जालका संयोजक पिताम्बर ढकाल, राष्ट्रिय दलित पत्रकार सङ्घ कर्णाली प्रदेश सचिव मालती विक र मृतकका परिवारका तर्फबाट गीता सुनार सदस्य रहेका छन् ।
लागुऔषध कारोबार मुद्दामा थुनामा रहेका सुर्खेत वीरेन्द्रनगर नगरपालिका–११ पिपिराका २६ वर्षीय सुनार आज बिहान प्रहरी हिरासतमै अचेत अवस्थामा भेटिएका थिए । उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण