दुर्गम गाउँको विद्यालयमा स्मार्ट बोर्ड खरिद गर्न आर्थिक सहयोग
सारांश
- म्याग्दीको रितुङ्ग माध्यमिक विद्यालयमा स्मार्ट बोर्ड खरिदका लागि दुई लाख रुपैयाँ सहयोग प्राप्त भयो।
- दिवंगत देविप्रसाद छन्त्यालको स्मृतिमा परिवार र आफन्तले विद्यालयलाई उक्त सहयोग गरेका हुन्।
- यो सहयोग दुर्गम विद्यालयमा सूचना प्रविधिमैत्री पठनपाठनका लागि गरिएको हो।
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेको दुलेखर्कमा अवस्थित रितुङ्ग माध्यमिक विद्यालयमा स्मार्ट बोर्ड खरिदका लागि रु दुई लाख सहयोग प्राप्त भएको छ । मङ्गलेखानी बस्तीका दिवङ्गत देविप्रसाद छन्त्यालको स्मृतिमा उनका घरपरिवार र आफन्तजनले विद्यालयमा स्मार्ट बोर्ड खरिदका लागि उक्त सहयोग गरेका हुन् ।
गाउँपालिकाको सबैभन्दा दुर्गम ठाउँको विद्यालयको रूपमा परिचित यस विद्यालयमा शिक्षण सिकाईमा आधुनिक सूचना प्रविधिको उपयोगका लागि स्मार्ट बोर्ड खरिद गर्न लागिएको हो । शुक्रवार विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच दिवङ्गत छन्त्यालका छोरी प्रेमकुमारी छन्त्याल र नातिनी बुहारी गीता फगामी छन्त्यालले विद्यालयका प्रधानध्यापक खिमबहादुर छन्त्याल र कार्यबहाक अध्यक्ष पदमबहादुर छन्त्याललाई उक्त सहयोग रकम हस्तान्तरण गरेका थिए । ।
भौगोलिक रूपमा विकटता रहेको यस विद्यालयमा सूचना तथा सञ्चार र प्रविधिमैत्री पठनपाठनका लागि उक्त सहयोग गरिएको विद्यालयका पूर्वशिक्षकसमेत रहेका सहयोगदाता गीता फगामी छन्त्यालले बताइन् । उक्त अवसरमा विद्यालयले सहयोगदातालाई फुल माला र अविर लगाएर सम्मानसमेत गरेको विद्यालयका शिक्षक याम घर्तिमिरेले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण