भारतमाथि नेपालको शानदार जित
सारांश
- हङकङ सिक्सेसमा नेपालले भारतलाई ९२ रनले पराजित गर्यो ।
- नेपालले पहिले ब्याटिङ गर्दै १ सय ३७ रन बनायो, जसमा रासिद खानले ५५ रन बनाए ।
- भारतले ३ ओभरमा ४५ रन मात्र बनाउन सक्यो, जसमा रासिद खानले ३ विकेट लिए ।
काठमाडौँ । हङकङ सिक्सेसमा नेपालले भारतमाथि शानदार जित हात पारेको छ । शनिबार भएको खेलमा नेपाल ९२ रनले विजयी भएको हो ।
प्रतियोगितामा नेपालको यो पहिलो जित हो । आजको भएको पहिलो खेलमा नेपाल दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएको थियो भने दाेस्रो खेलमा श्रीलङ्कासँग तीन विकेट पराजित भएको थियाे ।
१ सय ३८ रनको लक्ष्य पछ्याएको भारतले ३ ओभरमा सबै विकेट गुमाएर ४५ रन मात्र बनाउन सक्यो । भारतका लागि भरत चिपली र प्रियांक पांचालले १२–१२ रन बनाए । नेपालका लागि रासिद खानले ३ विकेट तथा बसिर अहमदले २ तथा रुपेश सिंहले १ विकेट हात पारे ।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ६ ओभरमा बिना कुनै विकेटको क्षतिमा १ सय ३७ रन बनाएको थियो । टोलीका लागि रासिद खानले १७ बलमा ५५ रनको योगदान दिए । उनले ४ चौका र ६ छक्का प्रहार गरे ।
सन्दीप जोराले १२ बलमा ४ चौका र ५ छक्काको मद्दतले ४७ रनको शानदार इनिङ्स खेले । लोकेश बमले ७ बलमा ३१ रन बनाए । उनले १ चौका र ४ छक्का हिर्काए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण