जेनजी फ्रन्टले तोक्यो केन्द्रीय विभागीय सदस्य र प्रदेश सम्पर्क व्यक्ति
सारांश
- नेपाल जेनजी फ्रन्टले संगठन विस्तारका लागि केन्द्रीय सदस्य र प्रदेश सम्पर्क व्यक्ति तोकेको छ।
- जनसम्पर्क, अभियान र सूचना प्रविधि समितिमा सदस्यहरू तोकिएका छन्, साथै सातै प्रदेशमा सम्पर्क व्यक्तिहरू तोकिएका छन्।
- फ्रन्टले जेनजी विद्रोहलाई संस्थागत गर्न राज्यसँग सम्झौताका लागि एजेन्डाहरू एकीकृत गर्दैछ।
काठमाडौँ । नेपाल जेनजी फ्रन्टले संगठन विस्तारका लागि केन्द्रीय विभागीय सदस्य र प्रत्येक प्रदेशमा सम्पर्क व्यक्ति तोकेको छ। शुक्रबार बसेको नेपाल जेनजी फ्रन्ट केन्द्रीय संयोजन समितिको अनलाइन बैठकबाट उनीहरूलाई जिम्मेवारी तोकिएको हो।
केन्द्रीय विभागीय सदस्यहरूमा जनसम्पर्क समितिमा रितु खड्का, अभियान समितिमा अमृता बन र सूचना प्रविधि समितिमा संविधान प्रसाईं तोकिएका छन्। यस्तै, फ्रन्टले सातै प्रदेशका लागि सम्पर्क व्यक्तिहरू पनि तोकेको छ। कोशी प्रदेशमा रोहन दंगाल, मधेस प्रदेशमा मो. नजरे आलम, बागमती प्रदेशमा सचिन चापागाईं, गण्डकी प्रदेशमा साबिज मिया, लुम्बिनी प्रदेशमा सौरभ न्यौपाने, कर्णाली प्रदेशमा बिनिता बोगटी र सुदूरपश्चिम प्रदेशमा नवीन विष्टलाई सम्पर्क व्यक्तिको जिम्मेवारी दिइएको छ।
फ्रन्टले भदौ २३ र २४ गते देशैभरि भएको जेनजी विद्रोहलाई संस्थागत गर्न राज्यसँग सम्झौता गर्ने एजेन्डाहरू एकीकृत गर्न काम गरिरहेको बताएको छ। भ्रष्टाचार, कुशासन र डिजिटल निरङ्कुशताको विरुद्धमा एवम् सुशासन, पारदर्शिता, जबाफदेहिता र डिजिटल अभिव्यक्ति स्वतन्त्रताको पक्षमा भएको यस विद्रोहसँग जोडिएका सबैलाई एकताबद्ध गराउने योजना फ्रन्टको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण