पाकिस्तानमा अफगान नागरिकको तीव्र पक्राउ जारी
सारांश
- संयुक्त राष्ट्रसंघीय शरणार्थी एजेन्सीका अनुसार पाकिस्तानमा पक्राउ परेका अफगान नागरिकको संख्या ह्वात्तै बढेको छ।
- पक्राउ पर्नेमा अधिकांश कार्ड र कागजात नभएका र केही दर्ता भएका अफगान नागरिकहरू छन्।
- सन् २०२३ सेप्टेम्बरदेखि नोभेम्बरसम्म १६ लाखभन्दा बढी अफगान नागरिक स्वदेश फर्किएका छन्।
इस्लामाबाद, पाकिस्तान । संयुक्त राष्ट्रसङघीय शरणार्थी एजेन्सी (युएनएचसीआर) र आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) को संयुक्त प्रतिवेदन अनुसार पाकिस्तानमा पक्राउ परी हिरासतमा लिइएका अफगान नागरिकहरूको सङ्ख्या एकै हप्तामा १४६ प्रतिशतले बढेको छ ।
अघिल्लो हप्तामा सात हजार ७६४ अफगान नागरिकहरूलाई पक्राउ गरी हिरासतमा लिइएको जनाइएको छ जुन अघिल्लो हप्ताको तुलनामा उल्लेखनीय रुपमा ठुलो सङ्ख्या हो ।
अक्टोबर २६ देखि नोभेम्बर–१ को बीचमा पक्राउ परेका अफगान नागरिक मध्ये कार्ड (एसीसी) र कागजातविहीन अफगानहरू ७७ प्रतिशत थिए भने दर्ता प्रमाण (पिओआर) कार्ड भएका २३ प्रतिशत थिए ।
प्रतिवेदनले ८६ प्रतिशत पक्राउ र नजरबन्द बलुचिस्तानमा भएको उल्लेख गरेको छ । राष्ट्रव्यापी रूपमा सन् २०२५ जनवरी देखि नोभेम्बरको बिचमा चागी, अटक र क्वेटा जिल्लाहरू अधिकाशं अफगानहरुको पक्राउ गरिएको डनलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ ।
तथ्याङ्कले अक्टोबरको अन्तिम हप्तामा फिर्ती तथा निर्वासनको दर पनि तीव्र रूपमा बढेको उल्लेख गरेको छ ।
सन् २०२३ सेप्टेम्बर देखि सन् २०२५ नोभेम्बर सम्म, १६ लाख ६७ हजार ७१३ अफगानहरू अफगानिस्तान फर्केको जनाइएको छ ।
प्रतिवेदनले सन् २०२३ अप्रिल देखि ९३ प्रतिशत कागजात विहीन तथा एसीसी कार्ड भएका ३९ प्रतिशत अफगानहरू गिरफ्तारीको डरले स्वदेश फर्केको जनाइएको छ ।
गत जुलाईमा, अधिकारीहरूले जुन ३० मा उनीहरूको कार्डको मिति समाप्त भएपछि उनीहरूलाई फिर्तीको आदेश दिँदै पाकिस्तान छोड्नका लागि सेप्टेम्बर– १ सम्मको समयसीमा तय गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण