प्रिमियर लिग
वुल्भ्समाथि चेल्सीको सहज जित
आइतबार, २३ कात्तिक २०८२, ०३ : ५२
सारांश
- आइतबार चेल्सीले वुल्भ्सलाई ३-० गोलले पराजित गर्यो।
- खेलको दोस्रो हाफमा चेल्सीले तीन गोल गर्दै जित सुनिश्चित गर्यो।
- जितसँगै चेल्सीले लिगमा महत्त्वपूर्ण तीन अङ्क जोडेर दोस्रो स्थान हासिल गर्यो।
काठमाडौँ । इङ्लिस प्रिमियर लिगमा आइतबार चेल्सीले घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै वुल्भ्सलाई ३-० ले पराजित गरेको छ।
खेलको पहिलो हाफ गोलरहित भए पनि दोस्रो हाफमा चेल्सीले पूर्ण नियन्त्रण जमायो।
५१ औँ मिनेटमा मालो गुस्टोले सुन्दर गोल गर्दै खेलको खाता खोले। त्यसपछि ६५औँ मिनेटमा जाओ पेद्रोले उत्कृष्ट फिनिसिङमार्फत अग्रता दोब्बर बनाए। अन्त्यतिर ७३औँ मिनेटमा पेद्रो नेटोले तेस्रो गोल गर्दै जित सुनिश्चित गरे।
जितसँगै चेल्सीले लिग अङ्कतालिकामा महत्त्वपूर्ण तीन अङ्क जोड्दै तालिकाको दोस्रो स्थान पक्का गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण