बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मधेस प्रदेशको उदाहरण दिँदै कमल थापाले भने–प्रदेश संरचना तत्काल खारेज गरिनु पर्छ

आइतबार, २३ कात्तिक २०८२, ०७ : ५७
आइतबार, २३ कात्तिक २०८२

सारांश

  • राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रदेश संरचना खारेज गर्नुपर्ने बताएका छन्।
  • उनले मधेस प्रदेशको उदाहरण दिँदै प्रदेश संरचना देशको अर्थतन्त्रले धान्न नसक्ने बताए।
  • राप्रपा नेपालले प्रदेश खारेजी, हिन्दु राष्ट्र र राजतन्त्रको पुनर्बहालीको माग गरेको छ।

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रदेश संरचना तत्काल खारेज गरिनुपर्ने बताएका छन् । मधेस प्रदेशको उदाहरण दिँदै उनले प्रदेश संरचनालाई देशको अर्थतन्त्रले धान्न नसक्ने बताए । 

उनले भनेका छन्– '२५ दिनमा मधेस प्रदेश सरकार ढल्यो, ३ वर्षमा चार मुख्यमन्त्री, अस्थिरता र भ्रष्टाचारको अखडा, देशको अर्थतन्त्रले धान्न नसक्ने, राष्ट्र विखण्डनको आधार बन्न सक्ने प्रदेश संरचना तत्काल खारेज गरिनु पर्छ ।'

राप्रपा नेपालले प्रदेश संरचना खारेजी, हिन्दु राष्ट्र कायम र राजतन्त्रको पुनर्बहालीको माग अघि सार्दै सङ्घर्ष गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप