पालिकास्तरीय जनपरिचालन भव्य बनाउन महासचिव पोखरेलका पाँच निर्देशन
सारांश
- नेकपा एमाले महासचिव शंकर पोखरेलले पालिकास्तरीय जनपरिचालन कार्यक्रमलाई भव्य बनाउन निर्देशन दिए।
- उनले सामाजिक सञ्जालमार्फत कार्यकर्तालाई जनपरिचालनमा सहभागी हुन निर्देशन दिएका छन्।
- एमाले केन्द्रीय कमिटी बैठकले प्रतिगामी षडयन्त्र विरुद्ध देशैभर जनपरिचालन गर्ने निर्णय गरेको थियो।
काठमाडौँ । नेकपा एमालेले आयोजना गरेको पालिकास्तरीय जनपरिचालन कार्यक्रमलाई भव्य बनाउन लागि महासचिव शंकर पोखरेलले पाँच बुँदे निर्देशन जारी गरेका छन् ।
महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत कार्यकर्ताहरूलाई जनपरिचालनमा सहभागी हुने सङ्ख्याका आधारमा आवश्यकता आधारमा पार्टीको झन्डा, व्यानर र प्लेकार्ड तयार गर्न निर्देशन दिएका हुन् ।
जनपरिचालनका लागि घना बस्ती भएको क्षेत्र छनौट गर्न पोखरेलको निर्देशन छ । घनावस्ती भएका ठाउँमा जनसङ्ख्या धेरै हुने भएकोले जनपरिचालनमा सहभागी जुटाउन सहज हुने पोखरेलले जनाएका छन् । यस्तै जनप्रदर्शनको अन्त्यमा छोटो तर प्रभावकारी कोणसभा गर्न पनि महासचिव पोखरेलले कार्यकर्तालाई निर्देशन दिएका छन् । जनप्रदर्शनका क्रममा भिडियो/फोटोहरू सामाजिक सञ्जालमा व्यापक मात्रामा शेयर गर्न र त्यस्ता सामग्रीहरू आम सञ्चार माध्यममा पठाउन पनि महासचिव पोखरेलले निर्देशन छ ।
गत असोज २९ देखि ३१ गतेसम्म भएको एमाले केन्द्रीय कमिटी बैठकले प्रतिगामी षडयन्त्र विरुद्ध देशैभर जनपरिचालन गर्ने निर्णय गरेको थियो । जस अनुसार कात्तिक २२ गते सबै वडाहरूमा एमालेले भेला सम्पन्न गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण