‘शटडाउन’ का कारण अमेरिकामा १४०० भन्दा बढी उडान रद्द
सारांश
- अमेरिकामा बजेट अभावका कारण अक्टोबर १ देखि शटडाउन सुरु भएको छ।
- शटडाउनका कारण देशभरका विमानस्थलमा उडान ढिलाइ र रद्द हुने क्रम बढेको छ।
- हवाई ट्राफिक नियन्त्रकको अभावले उडानहरूमा असर परेको छ, किनकि उनीहरूले तलब बिना काम गरिरहेका छन्।
वासिङ्टन डीसी । अमेरिकामा यतिबेला शटडाउन चलिरहेको छ । कंग्रेसमा रिपब्लिकन र डेमोक्रेटहरू खर्च विधेयक पारित गराउने विषयमा सहमतिमा पुग्न सकेका छैनन् । बजेट अभावमा यस वर्षको अक्टोबर १ देखि अमेरिका शटडाउनमा छ ।
शटडाउनको अवस्थामा अत्यावश्यक बाहेक सबै सरकारी कामकाज ठप्प छन् । ट्राफिक कन्ट्रोलरको अभाव हुँदा देशभरका विमानस्थलमा उडान ढिलाइ वा रद्द हुने क्रम बढेको छ ।
शनिबार अमेरिकामा १ हजार ४०० भन्दा बढी उडानहरू रद्द भएका छन् । फ्लाइट ट्र्याकरका अनुसार अरू ६ हजार उडानहरूमा ढिलाइ भएका छन् । शुक्रबार ७ हजार उडानमा ढिलाइ भएको थियो ।
हवाई ट्राफिक नियन्त्रकहरूले तलब बिनै काम गरिरहेको स्थिति भएकोले संघीय उड्डयन प्रशासन (एफएए)ले यस हप्ता देशका ४० व्यस्त विमानस्थलहरूमा हवाई यात्रा क्षमता १०% ले घटाउने घोषणा गरेका थिए ।
नियन्त्रक अभावले उडानमा उल्लेखनीय रूपमा असर गरेको छ । तलब नपाउने भएपछि केही हवाई ट्राफिक नियन्त्रकहरू कि बिरामी बिदामा बसेका छन् वा अन्यत्र काम गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालले बोलायो पुरानो केन्द्रीय समिति बैठक, आफ्नो छुट्टै कार्यक्रम जारी राख्ने
-
गुणस्तरीय तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकारकाे जोड
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण