मुद्दती निक्षेपमा लगानी गर्दै बीमा प्राधिकरण
काठमाडाैँ । बीमा प्राधिकरणले मुद्दती निक्षेपमा लगानी गर्ने तयारी गरेको छ । प्राधिकरणसँग भएको बैंक मौज्दात लगानी गर्ने नीतिअनुसार विभिन्न वाणिज्य बैंक तथा विकास बैंकको मुद्दती निक्षेपमा लगानी लगानी गर्ने भएको हो ।
आइतबार शिलबन्दी प्रस्ताव पेस गर्न आह्वान गर्दै प्राधिकरणले इच्छुक बैंकहरुले आफूले दिनसक्ने अधिकतम प्रतिफल उल्लेख गरी विवरणहरू खुल्ने गरी ७ (सात) दिनभित्र शिलबन्दी दरभाउपत्र पेस गर्न आह्वान गरेको हो । प्राधिकरणका अनुसार पेस हुन आएको शिलबन्दी दरभाउपत्रको मान्य अवधि कम्तीमा १५ दिनको हुनुपर्नेछ ।
बैंक तथा वित्तीय संस्थाहरूले मुद्दती निक्षेपमा उपलब्ध गराउन सक्ने अधिकतम व्याज दर, अन्तिम पटक प्रकाशित त्रैमासिक वित्तीय विवरण, विगत तीन वर्षको नाफा नोक्सानको अवस्था, बैंकको निष्क्रिय सम्पत्ति, बैंकको कर्जा निक्षेप अनुपातदेखि बैंक स्थापना भएको वर्ष (वि.सं), पूँजी पर्याप्तता कोषको विवरण दरभाउ पेस गर्दा खुलाउनुपर्ने नेपाल बीमा प्राधिकरणले जानकारी गराएको छ ।
प्राधिकरणले कति लगानी गर्न खोजेको हो, त्यो भने यकिन गरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण