देशभरको सञ्चार सेवा र इन्टरनेटकाे गुणस्तर सुधार्न सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशभरको सञ्चार सेवा र इन्टरनेटको गुणस्तरमा ध्यान दिन नेपाल टेलिकमलाई निर्देशन दिएका छन् ।
आइतबार टेलिकमका प्रतिनिधिहरूसँगको छलफलमा बोल्दै मन्त्री खरेलले यस्तो निर्देशन दिएका हुन् । उनले देशका अधिकांश ठाउँमा मोबाइल नेटवर्क नटिप्ने समस्या बढेको गुनासो आउने गरेको भन्दै कभरेज विस्तार र बिग्रिएका साइट मर्मतमा लाग्न समेत निर्देशन दिए ।
उनले नेटवर्क नआउने गुनासो मन्त्री र सचिवसम्म पुग्नु विडम्बना भएको भन्दै आवश्यक सुधारमा ध्यान दिन उनको आग्रह छ ।
उनले टेलिकमको गुनासो सुन्ने शाखा निष्क्रिय जस्तै भएको उल्लेख गर्दै त्यसलाई प्रभावकारी बनाउन निर्देशन समेत निर्देशन दिए । उनले टेलिकमको लागि कार्यविधि बनाउन सरकार लागिपरेको पनि बताए ।
उनले भने, ‘देशका अधिकांश ठाउँमा नेटवर्क टिपेन भन्ने समस्या आउँछ । त्यसकारण हामीले कभरेजको विषयमा ध्यान पर्याउनुपर्यो । १ हजार २ सय टावरको टेण्डर किन भएन ? २ सय टावरको टेण्डर प्रक्रिया कहाँ पुग्यो ? बिग्रिएका साइटहरूको मर्मतको सवालमा कहाँ छौँ हामी ? प्रतिस्पर्धी निजी सेवा प्रदायकले एक दिनमै गर्न सक्ने काम हामी महिना दिनसम्म किन गर्न सक्दैनौँ ? ग्राहकले कल र डाटा प्रयोग गरेबापत पैसा तिरेको छ । उसलाई गुणस्तरीय सेवा दिनु तपाईँहरूको दायित्व हो । म के भन्छु भने तपाईंको गुनासो सुन्ने शाखा मृतप्राय नराख्नुहोस् है । गुनासो कार्यान्वयनमा जानुपर्यो । यहाँको गुनासो शाखामा आउने गुनासो मन्त्री र सचिवलाई आउनु भएन । हामी आवश्यक कार्यविधि बनाउँछौँ । नेटवर्कले काम नगरेको गुनासो त मन्त्रीलाई आउनु उचित भएन नि । त्यसकारण कभरेज बढाउने कुरामा ख्याल गर्नुहोस् ।’
उनले टेलिकमको हरेक काम कारबाहीमा पारदर्शिता अपनाउन समेत निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
९२ वर्षको खडेरी तोड्ने इजिप्टको दाउ, अस्ट्रेलियालाई बलियो डिफेन्सको भर
-
देउवा समूहले सम्पर्क कार्यालय असार २२ गते औपचारिक उद्घाटन गर्ने
-
मदिरा खाएका व्यक्तिले बिरामीको एक्स–रे गरेको विषयमा मानव अधिकार आयोगको चासो
-
सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : सुरेश हमाललाई मरणोपरान्त ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’
-
सुदूरपश्चिम स्पोर्टस् अवार्ड : वर्ष उत्कृष्ट खेलाडीको उपाधि दीपेन्द्रसिंह ऐरीलाई
-
सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : उत्कृष्ट महिला खेलाडीको अवार्ड मानमती विष्टलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण