शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय
राजनीति

देउवा समूहले सम्पर्क कार्यालय असार २२ गते औपचारिक उद्घाटन गर्ने

शुक्रबार, १९ असार २०८३, १७ : ५९
शुक्रबार, १९ असार २०८३

सारांश

  • नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले असार २२ गते आफ्नो सम्पर्क कार्यालयको औपचारिक उद्घाटन गर्ने निर्णय गरेको छ ।
  • महाराजगन्जमा सम्पर्क कार्यालयका लागि घर लिइएको छ र त्यहाँ रङरोगनको काम भइरहेको छ ।
  • समूहले राष्ट्रिय भेला बोलाउने विषयमा पनि छलफल गरेको छ, जसको मिति २२ गतेको बैठकले तय गर्नेछ ।

काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले समूहको सम्पर्क कार्यालयको औपचारिक उद्घाटन गर्ने निर्णय गरेको छ । 

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गोल्फुटारस्थित निवासमा शुक्रबार बसेको समूहका वरिष्ठ नेताहरूको बैठकले सम्पर्क कार्यालयको असार २२ गते औपचारिक उद्घाटन गर्ने निर्णय गरेको नेता डा. प्रकाशशरण महतले जानकारी दिए ।

 ‘हामीले महाराजगन्जमा सम्पर्क कार्यालयका लागि घर लिएका छौँ । त्यहाँ रङरोगन भइरहेको छ । त्यो कार्यालयको असार २२ गते औपचारिक उद्घाटन गर्ने निर्णय बैठकमा भएको छ,’ डा. महतले रातोपाटीसँग भने । 

बैठकमा खड्का, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, महालक्ष्मी उपाध्याय ‘डिना’, डा. शशांक कोइराला, रमेश लेखक, एनपी साउद, डा.प्रकाशशरण महत, मीनबहादुर विश्वकर्मा, आनन्दप्रसाद ढुङ्गाना, वीरबहादुर बलायर, श्याम घिमिरे र मोहनबहादुर बस्नेत सहितका नेताहरू उपस्थित थिए । 

बैठकमा राष्ट्रिय भेला बोलाउने विषयमा पनि कुराकानी भएको छ । भेला कहिले बोलाउने भन्ने निश्चित भने २२ गते सम्पर्क कार्यालयमा बस्ने बैठकले तय गर्ने नेता डा। महतले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?