प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस सांसदहरूले सुरु गरे हस्ताक्षर
सारांश
- नेपाली कांग्रेसका सांसदहरूले प्रतिनिधिसभा विघटनविरुद्ध हस्ताक्षर सङ्कलन सुरु गरेका छन्।
- सांसदहरूको हस्ताक्षर सङ्कलन केन्द्रीय समितिमा बुझाइनेछ, जसले विघटनविरुद्ध अदालत जाने कि नजाने निर्णय गर्नेछ।
- कांग्रेसले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक मानेको छ, तर पुनर्स्थापनाको निर्णय लिन बाँकी छ।
काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध विघटित प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसका सांसदहरूले हस्ताक्षर सङ्कलन सुरु गरेका छन् । विघटित प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले शनिबार साँझबाट विघटनविरुद्ध हस्ताक्षर सङ्कलन सुरु गरिएको जानकारी दिए ।
‘हिजो साँझ (शनिबार)बाट हामीले हस्ताक्षर सङ्कलन सुरु गरेका छौँ,’ घिमिरेले रातोपाटीसँग भने– ‘सांसदको हस्ताक्षर सङ्कलन गरेर विघटनविरुद्ध अदालत जाने कि नजाने भन्ने निर्णय लिन केन्द्रीय समितिमा बुझाउने प्रयोजनका लागि हस्ताक्षर सङ्कलन सुरु गरेका हौँ ।’
कांग्रेसको कार्यसम्पादन समिति बैठकले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको निर्णय गरिसकेको छ । केन्द्रीय समितिले राजनीतिक र न्यायिक काम सँगसँगै गर्ने कि फरक–फरक तरिकाले गर्ने निर्णय गरोस् भनेर हस्ताक्षर सङ्कलन गरेर बुझाउन लागिएको घिमिरेले बताए ।
उनले विघटनलाई असंवैधानिक भनेर पार्टीले निर्णय गरे पनि पुनर्स्थापनाका सम्बन्धमा के निर्णय लिने भन्ने यकिन नभइसकेकाले त्यो पनि निर्णय गरोस् भनेर हस्ताक्षर सङ्कलन गरेर बुझाउन लागिएको उनले जानकारी दिए ।
घिमिरेका अनुसार संकलित हस्ताक्षर केन्द्रीय समितिको चालु बैठकमा बुझाइनेछ । उनले अदालतमा गएर रिट हाल्नलाई हस्ताक्षर सङ्कलन नगरिएको प्रस्ट पारे । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ मा प्रतिनिधिसभा विघटन गरेका थिए । विघटनविरुद्ध सर्वोच्च अदालतमा १७ रिट निवेदन दर्ता भएका छन् ।
सर्वोच्चले विघटन विरुद्धका रिटमा विपक्षी राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय लगायतबाट लिखित जवाफ मागेको छ । यही सन्दर्भमा कांग्रेसलाई निर्णय गर्न दबाब दिन सांसदहरूले हस्ताक्षर सुरु गरेका हुन् । गत असोज २८ गतेबाट सुरु कांग्रेस केन्द्रीय समिति बैठक जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण