एनपीएलपछि अर्ना बियरले खेलाडी र क्यानलाई कुल १ करोड २ लाख हस्तान्तरण गर्ने
सारांश
- अर्ना बियरले टी-२० विश्वकपमा छनोट भएको उपलक्ष्यमा खेलाडी र क्यानलाई १ करोड २ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
- कम्पनीले खेलाडीलाई ५१ लाख र क्रिकेटको पूर्वाधार विकासका लागि क्यानलाई ५१ लाख रुपैयाँ एनपीएलपछि हस्तान्तरण गर्ने जनाएको छ।
- एनपीएल नजिकिँदै गर्दा, अर्ना बियरले प्रतियोगितामा साथ दिने र नेपाली क्रिकेटलाई अझ माथि लैजान हातेमालो गर्न आह्वान गरेको छ।
काठमाडौँ । नेपाल टी–२० विश्वकपमा छनोट भएको उपलक्ष्यमा अर्ना बियरले खेलाडी र क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) लाई कुल १ करोड २ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो। यो रकम नेपाल प्रिमियर लिग (एनपीएल) सम्पन्न भएलगत्तै हस्तान्तरण गरिने अर्ना बियरले आफ्नो सामाजिक सञ्जाल पोस्टमार्फत जनाएको छ।
अर्ना बियरले टी–२० विश्वकपका लागि छनोट भएका खेलाडीहरूलाई प्रोत्साहनस्वरूप प्रदान गर्न लागेको ५१ लाख रुपैयाँ हस्तान्तरण गर्ने बताएको छ। त्यसैगरी, क्रिकेटको पूर्वाधार विकासका लागि प्रतिबद्ध भएको थप ५१ लाख रुपैयाँ पनि एनपीएल सम्पन्न भएपछि क्यानलाई हस्तान्तरण गरिने जनाइएको छ।
हाल एनपीएल नजिकिएसँगै खेलाडीहरू आ(आफ्ना फ्रेन्चाइजसँग खेलको तयारीमा व्यस्त छन्। अर्ना बियरले यस रोमाञ्चक प्रतियोगितामा सम्बन्धित सम्पूर्णप्रति आफ्नो पूर्ण साथ र समर्थन रहने बताएको छ। नेपाली क्रिकेटलाई अझ उच्च शिखरमा पुर्याउन सबैलाई हातेमालो गर्न कम्पनीले आह्वान गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण