हर्क साम्पाङको श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ
आइतबार, २३ कात्तिक २०८२, १७ : १२
बुटवल । श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ चयन भएका छन् ।
आज बुटवलमा भएको भेलाले गुरुङको अध्यक्षमा १५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ, जसको उपाध्यक्षमा केशव न्यौपाने, सचिवमा सुगम राई, कोषाध्यक्षमा रामु दमाइ, सह सचिवमा अमृता पल्ली मगर चयन भएका छन् ।
त्यस्तै सदस्यहरूमा सूर्य थापा, विरु विक, हिमाल पुलामी मगर, मान बहादुर बुचा मगर, तिलकराम गैरे, रेशम बगाले, खेम बहादुर थापा, लुकमाया गुरुङ र लेककुमारी आले मगर चयन भएका छन् । त्यस्तै वरिष्ठ सल्लाहकारमा भीम गौतम चयन भएका छन् ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आइतबार मात्र बुटवलमा जिल्ला र प्रदेश कार्यालय स्थापना गरेको छ । बुटवलको रंगशालामा सरसफाइ कार्यक्रम आयोजना गरेर पार्टीले जिल्ला र प्रदेश पार्टी कार्यालय स्थापना गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी जवानले बोकेको एसएलआरबाट गोली चल्यो, सहकर्मी घाइते
-
पूर्वमुख्यमन्त्री लामालाई प्रश्न : बागमती सरकारमा २०८२ साउन २० को नजिर कायम गर्न खोजिएको हो ?
-
आफैँ तेल बेच्ने रुस कसरी पर्यो इन्धन सङ्कटमा ?
-
एआईजी राठौरले सम्हाले उपत्यका प्रहरीको कार्यभार
-
गाँजा खेतीलाई वैधानिकता दिन सांसद सापकोटाको माग
-
कर्णालीमा सत्तारुढ दलकै सांसदले स्वकीयको तलब माग गर्दै संसद् अवरोध गरेपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण