निर्वाचनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग
काठमाडौँ । पहिलो संविधान सभाका चार सभासदसहितको टोलीले निर्वाचनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग गरेको छ ।
रेणु चन्द, डा. बिन्दा पाण्डे, अमृता थापामगर, सुनीलबाबु पन्त लगायतको टोलीले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ नै ५० प्रतिशत महिला उम्मेदवार उठाउन कानुनमै सुनिश्चित गर्नुपर्ने माग गरेको हो ।
संविधानले समानुपातिक समावेशीको सिद्धान्त अवलम्बन गरेको भए पनि निर्वाचन कानुनले संविधानको यो मर्म आत्मसात् गर्न नसकेकाले अध्यादेश ल्याएर भए पनि सच्याउनुपर्ने टोलीको माग छ ।
डा पाण्डेले भनिन्, ‘कानुनमा बाध्यकारी व्यवस्था नभएकाले दलहरूले प्रत्यक्ष निर्वाचन प्रणालीमा महिलालाई टिकट नै दिँदैनन् । यही कारण संसद्मा महिला प्रतिनिधित्व सन्तोषजनक हुन सकेको छैन । अब ५० प्रतिशत महिलालाई उम्मेदवार बनाउनुपर्ने अनिवार्य व्यवस्था हुनुपर्छ ।' त्यसभित्र दलित, जनजाति र अन्य अल्पसङ्ख्यक समुदायको पनि प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने उनले माग गरिन् ।
प्रतिनिधिमण्डलमा उषाकिरण तिम्सेना, सम्झना पौडेल, प्रतीक्षा चापागाईंलगायतको पनि सहभागिता थियो । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिमण्डलले अघि सारेका मागबारे मन्त्रीमण्डलमा छलफल गर्ने बचन दिइन् । उनले निर्वाचन खर्चिलो हुन नदिने उपायतर्फ पनि सोच्नुपर्ने धारणा राखिन् ।
प्रधानमन्त्री कार्कीले प्रतिनिधिमण्डलले अघि सारेका मागबारे मन्त्रिमण्डलमा छलफल गर्ने प्रतिबद्धता जनाइन् ।
उनले खर्चिलो निर्वाचनका कारण पनि भ्रष्टाचार र चुनावी बेथिति बढेको भन्दै निर्वाचन खर्चिलो हुन नदिने उपायतर्फ पनि सोच्नुपर्ने धारणा राखेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण