निर्वाचनमा साइबर सुरक्षाबारे गृहमन्त्रीले गरे छलफल
आइतबार, २३ कात्तिक २०८२, २० : २०
काठमाडौँ । गृहमन्त्री ओम प्रकाश अर्यालले निर्वाचनमा साइबर सुरक्षाबारे सरोकारवाला निकायका पदाधिकारीसँग छलफल गरेका छन् ।
आइतबार गृह मन्त्रालयमा नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, नेपाल प्रहरीको साइबर ब्युरो तथा प्रेस काउन्सिलका प्रमुख तथा पदाधिकारीहरूसँग मन्त्री अर्यालले छलफल गरेका हुन् ।
फागुन २१ मा घोषित निर्वाचनमा साइबरको सही प्रयोग र अनुगमनका लागि गृह मन्त्रालयबाट हुने साथ र सहयोगमा आफू कटिबद्ध रहेको गृहमन्त्री मन्त्री अर्यालले बताए ।
आसन्न निर्वाचनमा केन्द्रित रही प्रविधिको दुरुपयोगबाट हुन सक्ने हानी नोक्सानीबाट बच्न र यसबाट लिन सकिने लाभबारे गृहमन्त्री अर्यालले दूरसञ्चार निकायका प्रमुखहरूलाई सचेत रहन आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण