रामकुमारी झाँक्री भोलि एमाले प्रवेश गर्दै
काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री नेकपा एमालेमा प्रवेश गर्ने भएकी छन् । उनी सोमबार नेकपा एमाले प्रवेश गर्न लागेकी हुन् ।
उनले आज सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै भनेकी छन्,'यो घर फर्क अभियान हाम्रो अभियान हो, हाम्रो लागि हो। हामी सँगसँगै सबै जना कम्युनिस्ट आन्दोलनको मूल प्रवाह नेकपा एमालेमा समाहित हुन घर फर्कने अभियान हो। सबै जना कमरेडहरूलाई यो कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध गर्दछु।'
नेकपा एमालेले भाेलि दिउँसाे राष्ट्रयसभा गृहमा 'घर फर्क राष्ट्रिय अभियान घाेषणा' सभाकाे आयाेजना गरेकाे छ ।
केही दिनअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा नेकपा (एमाले)को निर्माण गर्न र यसलाई बलियो बनाउने यात्रामा सँगै हिँडेका सबै नेता–कार्यकर्तालाई पार्टीमा फर्कन आह्वान गरेका थिए ।
माधव कुमार नेपालले नेकपा माओवादी केन्द्रसहित दलहरूसँग एकता गरेपछि उनी असन्तुष्ट थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण