शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय

बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु

आइतबार, २३ कात्तिक २०८२, २३ : २५
आइतबार, २३ कात्तिक २०८२

सारांश

  • धादिङको गल्छीमा बोलेरो जिपले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ।
  • दुर्घटनामा गम्भीर घाइते भएका ७० वर्षीय यज्ञराज अधिकारीको उपचारको क्रममा मृत्यु भयो।
  • प्रहरीले बोलेरो चालकलाई नियन्त्रणमा लिएको छ भने स्थानीयले केहीबेर सडक अवरुद्ध गरेका थिए।

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–४ मास्टारमा आज साँझ बोलेरो जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

काठमाडौँबाट गजुरीतर्फ आउँदै गरेको बा.प्र. ०१–०२७ च. ०३४० नम्बरको बोलेरोको ठक्करबाट सडक छेउमा हिँडिरहेका गल्छी–४ मास्टारका ७० वर्षीय यज्ञराज अधिकारीको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका अधिकारीलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी पठाइएको थियो । तर, चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।

घटनापछि स्थानीयवासीले केहीबेर सडक अवरुद्ध गरेका थिए । ठक्कर दिने बोलेरोका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप

छुटाउनुभयो कि ?