नयाँ सहर आयोजना : डुम्रे भन्सार क्षेत्रमा २० किमी सडक कालोपत्रे
सारांश
- नयाँ सहर आयोजना कार्यालयले तनहुँमा २०.३ किलोमिटर सडक कालोपत्रे गरेको छ।
- आयोजनाले ३४.७८ किलोमिटर सडक ग्राभेल, २.७४ किलोमिटर ढलान र ४६.०२ किलोमिटर नाला निर्माण गरेको छ।
- आर्थिक वर्ष २०८०/८१ मा ०.७८ किलोमिटर सडक ग्राभेल, १.२४ किलोमिटर ढलान र १.६ किलोमिटर कालोपत्रे सम्पन्न भयो।
तनहुँ । तनहुँको डुम्रे भन्सार क्षेत्रमा सञ्चालित नयाँ सहर आयोजना कार्यालयले स्थापनाकालदेखि हालसम्म २०.३ किलोमिटर सडक कालोपत्रे सम्पन्न गरेको छ।
कार्यालय प्रमुख शान्ति शर्माले दिएको जानकारीअनुसार, आयोजनाले ३४.७८ किलोमिटर सडक ग्राभेल, २.७४ किलोमिटर सडक ढलान र ४६.०२ किलोमिटर नाला निर्माणको काम पूरा गरेको हो।
आन्तरिक बसाइँसराइलाई व्यवस्थित गर्न मध्यपहाडी लोकमार्गको वरपर दश नयाँ सहर स्थापना गर्ने सरकारी नीतिअन्तर्गत विसं २०७२/७३ बाट तनहुँको भानु र बन्दीपुरका साबिकका वडाहरू समेटेर यो आयोजना सुरु भएको हो।
आर्थिक वर्ष २०८०/८१ मा ०.७८ किलोमिटर सडक ग्राभेल, १.२४ किलोमिटर ढलान, १.६ किलोमिटर कालोपत्रे र ३.६२ किलोमिटर नाला निर्माण भएको छ। गत आर्थिक वर्षमा एक सरकारी कार्यालय भवन, तीन सामुदायिक भवन, एक खेलमैदान, दुई मनोरञ्जन पार्क, एक खानेपानी योजना सम्पन्न गरिएको छ भने ४३४ वटा सौर्य बत्ती जडान गरिएको छ।
कार्यालयले डुम्रे भन्सार जग्गा एकीकरण आयोजनाको प्रक्रिया पनि अगाडि बढाएको छ। यसका लागि ६४३ रोपनी जग्गा पहिचान भइसकेको र बाटोको किल्ला तोक्ने कार्य सकिएको जनाइएको छ।
गत आर्थिक वर्षमा चालुतर्फ विनियोजित रु एक करोड पाँच लाखमध्ये रु ७५ लाख र पुँजीगततर्फ विनियोजित रु ११ करोड ७७ लाखमध्ये रु चार करोड ७४ लाख खर्च भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण