मधेसमा चार सदस्यीय मन्त्रिमण्डल गठन
सारांश
- नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले चार सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन्।
- एमाले, सङ्घीय समाजवादी र राप्रपाबाट एक-एक जना मन्त्री नियुक्त गरिएको छ।
- प्रदेश प्रमुखले बर्दिबासको पानस होटलमा मुख्यमन्त्रीलाई शपथ खुवाएपछि आलोचना भएको छ।
धनुषा । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले चार सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन् । मुख्यमन्त्री यादवले शपथ लिए लगत्तै सोमबार एमाले, सङ्घीय समाजवादी र राप्रपाबाट एक एक जना मन्त्री नियुक्त गरेका हुन ।
मन्त्रिमण्डलमा एमालेबाट लखन दास, सङ्घीय समाजवादीबाट विमला अन्सारी र राप्रपाबाट कन्चन बिच्छा मन्त्री बनेका हुन् । मधेसमा सङ्घीय समाजवादी र राप्रपाको एक–एक सांसद रहेका छन् ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका जितेन्द्र सोनलले कात्तिक २३ गते पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठुलो दलको नाताले एमाले नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।
स्वास्थ्य उपचारका लागि भन्दै काठमाडौँ प्रस्थान गरेकी प्रदेश प्रमुख भण्डारीले एमाले नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरी बर्दिबासको पानस होटलमा शपथ खुवाएपछि उनको आलोचना भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण