योगेशको आह्वान : अतिवादले विनाश गर्छ, सचेत बनौँ
सारांश
- एमाले सचिव योगेश भट्टराईले देशको विषम परिस्थितिमा निकासका लागि संवादको आग्रह गरे।
- उनले मधेस प्रदेशको संवेदनशीलतालाई ध्यानमा राख्न र अतिवादबाट सचेत रहन आग्रह गरे।
- मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्त भएपछि भएको तोडफोडको घटनाबारे उनले चिन्ता व्यक्त गरे।
काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले देशमा उत्पन्न विषम परिस्थिति तथा मधेस प्रदेशको संवेदनशीलता ख्याल गर्दै निकासका लागि संवाद गर्न आग्रह गरेका छन् । साथै उनले अतिवादले विनाश गर्ने भएकाले सचेत बन्नुपर्ने बताएका छन् ।
सचिव भट्टराईले सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै यस्तो आग्रह गरेका हुन् । ‘आज देशमा उत्पन्न विषम परिस्थिति तथा मधेस प्रदेशको भौगोलिक तथा राजनीतिक संवेदनशीलतालाई ख्यालमा राखेर संविधान सम्मत निकासका लागि संवाद र छलफलको माध्यमबाट अघि बढ्न मधेस प्रदेशमा क्रियाशील राजनीतिक दल, नागरिक समाज लगायत सम्बद्ध सबैमा हार्दिक अनुरोध गर्दछु’, भट्टराईले भनेका छन्, ‘अतिवादले विनासमात्र गर्छ सचेत बनौँ ।’
मधेस प्रदेशमा एमालेका सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भएपछि अन्य दलका नेता कार्यकर्ता र सांसदहरू मुख्यमन्त्री कार्यालयसहित प्रदेश प्रमुखको कार्यालयसम्म तोडफोडमा संलग्न भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण