फुटबल खेलाडीको आन्दोलनमा खेलाडी सङ्घको ऐक्यबद्धता
सारांश
- एनएनआईपिएले एन्फाविरुद्ध आन्दोलित खेलाडीको मागमा ऐक्यबद्धता जनाउँदै एन्फाको आलोचना गरेको छ।
- ए डिभिजन लिग र अन्य प्रतियोगिता नहुँदा खेलाडीको रोजीरोटीमा असर परेको र खेलाडी बेरोजगार बनेको बताइएको छ।
- सङ्घले एन्फालाई समस्या समाधान गरी फुटबल गतिविधि सञ्चालन गर्न आग्रह गरेको छ।
काठमाडौँ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआईपिए) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) विरुद्ध आन्दोलित फुटबल खेलाडीको मागमा ऐक्यबद्धता जनाउँदै एन्फा नेतृत्वको चर्को आलोचना गरेको छ ।
सङ्घले एक प्रेस विज्ञप्ति जारी गर्दै तीन वर्षदेखि रोकिएको ‘ए’ डिभिजन लिग तथा अन्य प्रतियोगिता नहुँदा खेलाडीको रोजीरोटीमा गम्भीर असर परेको औँल्याएको छ । विज्ञप्तिमा फुटबल खेलाडीको जीवनयापनसँग प्रत्यक्ष जोडिएको ‘ए’ डिभिजन लिग पछिल्लो पटक सम्पन्न भएको झन्डै साढे दुई वर्ष भइसक्दा पनि अर्को संस्करण सुरु हुन नसक्नु दुःखद भएको उल्लेख छ ।
यसले गर्दा सयौँ खेलाडी बेरोजगार बन्न पुगेको र कतिपय व्यावसायिक खेलका लागि विदेश पलायन हुन बाध्य भएको सङ्घले जनाएको छ । खेल्न पाउनु खेलाडीको आधारभूत अधिकार भएको बताउँदै सङ्घले खेलकुद आयोजना गर्ने सम्बन्धित निकायको दायित्वबाट च्यूत हुँदा यस्तो अवस्था आएकोमा लज्जास्पद भएको ठहर गरेको छ।
विगतमा लिग तथा अन्य फुटबल प्रतियोगिता हुँदा खेलाडीहरूको जीवनयापन केही सहज भएकोमा अहिले लिग रोकिएपछि एक सयभन्दा बढी खेलाडी रोजगारीका लागि देश बाहिरिनुपरेको तथ्य पनि सङ्घले औँल्याएको छ।
खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा एन्फा नेतृत्वलाई समस्या समाधानका लागि गम्भीरतापूर्वक सोच्न र फुटबल हुने वातावरण सिर्जना गर्न आग्रह गरिएको छ । सङ्घले चाँडोभन्दा चाँडो यस समस्याको समाधान गरी फुटबल गतिविधि सञ्चालन गर्न एन्फालाई आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण