चलचित्र ‘धुरंधर’ मा अभिनेता सञ्जय दत्तको पोस्टर सार्वजनिक
सोमबार, २४ कात्तिक २०८२, १४ : ५८
काठमाडौँ । चलचित्र ‘धुरंधर’ले अभिनेता सञ्जय दत्तको पाेस्टर सार्वजनिक गरेको छ । निर्माण पक्षले यसअघि अर्जुन रामपाल, त्यसपछि आरको पाेस्टर सार्वजनिक गरेको थियो । चलचित्रको ट्रेलर १२ नोभेम्बरमामा रिलिज हुनेछ ।
सार्वजनिक पोस्टरमा सञ्जय निकै प्रभावशाली देखिएका छन् । यसका अतिरिक्त क्याप्सनमा ‘द जिन’ लेखिएको छ ।
चलचित्र भने आगामी ५ डिसेम्बरमा प्रदर्शन हुँदै छ । आदित्य धरको लेखन तथा निर्देशन रहेको चलचित्रमा रणवीर सिंह, सञ्जय दत्त, अर्जुन रामपाल, अक्षय खन्ना, आर माधवन र सारा अर्जुनको मुख्य भूमिका छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण