निर्वाचन आयोगका पूर्वपदाधिकारीहरूले के दिए सुझाव ?
सारांश
- पूर्वपदाधिकारीहरूले फागुन २१ गतेका लागि तोकिएको निर्वाचन सम्पन्न गराउन आयोगलाई स्रोत-साधन दिनुपर्ने बताए।
- पूर्व प्रमुख निर्वाचन आयुक्तहरूले निर्वाचनको विकल्प नभएको र सबै दलहरूले यसमा भाग लिने दाबी गरे।
- उनीहरूले निर्वाचनलाई उत्सवको रूपमा लिनुपर्ने र सरकारले आवश्यक जनशक्ति र उपकरण उपलब्ध गराउनुपर्ने सुझाव दिए।
काठमाडौँ । निर्वाचन आयोगका पूर्वपदाधिकारीहरूले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन सम्पन्न गराउनका लागि सरकारले आयोगलाई आवश्यक सबै खालको स्रोत-साधन तत्काल उपलब्ध गराउनुपर्ने बताएका छन् । सोमबार निर्वाचन आयोगले आयोजना गरेको निर्वाचन सम्बन्धी परामर्श कार्यक्रममा बोल्दै उनीहरूले निर्वाचनको विकल्प नभएकाले सबै दलहरूले यसमा भाग लिने दाबी गरेका हुन् ।
पूर्व कार्यवाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले निर्वाचन आयोगले आफ्नो तर्फबाट तयारी गरे पनि राजनीतिक समस्या र वातावरण बनाउने काम सरकार र राजनीतिक दलहरूको भएको बताए । उनले सबै दलहरू लोकतन्त्रवादी भएकाले निर्वाचनबाट भाग्न नसक्ने जिकिर गरे ।
गुरुङले विदेशमा रहेका नेपालीहरूलाई पनि मतदान गर्न पाउने गरी तत्काल ऐन-कानुनको व्यवस्था मिलाउन आयोगलाई सुझाव दिएको बताए । उनले जनताले निर्वाचनलाई उत्सव र पर्वको रूपमा लिने धारणा व्यक्त गरे ।
यसैगरी, पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले तोकिएको मितिमा निर्वाचन हुनुपर्नेमा जोड दिए । उनले आन्दोलनबाट आएका समूहले राखेका माग पूरा हुने गरी निर्वाचनलाई मोडलिङ गर्नुपर्ने सुझाव दिए । यसका लागि इलेक्ट्रिक भोटिङ मेसिन र आई भोटिङमध्ये कुन उपयुक्त हुन्छ भन्नेमा पनि विचार गर्नुपर्ने उनको भनाइ थियो ।
उप्रेतीले निर्वाचन तोकिएकै मितिमा सम्पन्न गराउन सरकारले आयोगलाई आवश्यक जनशक्ति र उपकरण समयमै उपलब्ध गराउनुपर्ने सुझाव दिए । उनले निर्वाचन अनिवार्य रहेको र यसको माध्यमबाट मात्र देश अर्को चरणमा प्रवेश गर्न सक्ने बताए ।
परामर्श बैठकमा निर्वाचन आयोगका तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन सम्पन्न गराउनका लागि आयोगले गरेको तयारीबारे जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण