एमालेमा समाहित हुँदै श्रेष्ठले भने– ‘देशलाई निकास दिने सामर्थ्य एमालेसँग मात्रै छ’
काठमाडौँ । नेकपा एमाले नेता कृष्णकुमार श्रेष्ठले देशलाई निकास दिने सामर्थ्य नेकपा (एमाले)सँग मात्र रहेको बताएका छन् ।
सोमबार नेकपा (एमाले)ले काठमाडौँमा आयोजना गरेको घर फर्क राष्ट्रिय अभियान घोषण सभामार्फत पार्टीमा समाहित हुँदै नेता श्रेष्ठले यस्तो बताएका हुन् ।
आजको दिन आफ्नो लागि एकदमै भावनात्मक र ऐतिहासिक क्षण भएको उनको भनाइ छ । नेता श्रेष्ठले विभिन्न कारणले चार वर्ष अगाडि एमाले छोडेको भएपनि पछिल्लो समय आफ्नो उक्त निर्णय ठिक नभएको निष्कर्षमा पुगेको भन्दै आत्मालोचना गरे । उनले एमाले आदर्श, दृष्टि र राष्ट्र निर्माणको मूल प्रवाह भएको दाबी समेत गरे ।
उनले भने, ‘आज यो क्षण हाम्रो राजनीतिक जीवनको अत्यन्तै भावनात्मक र ऐतिहासिक मोड हो । चार वर्ष अगाडि हामी विभिन्न कारणले नेकपा (एमाले)बाट अलग भएर अर्को बाटो रोज्यौँ । एमाले छोडेपछि हामीले बुझ्यौँ यो पार्टी एउटा सङ्गठन मात्रै होइन । एमाले आदर्श, दृष्टि र राष्ट्र निर्माणको मूल प्रवाह हो । एमालेले देशलाई संविधान दिएको छ, संघीयता र लोकतान्त्रिक दिशा दिएको छ । आजको कठिन आर्थिक र राजनीतिक अवस्थाबाट देशलाई निकास दिने सामर्थ्य पनि एमालेसँग मात्रै छ । अध्यक्ष कमरेडको दृढता, अटलता र देशप्रतिको समर्पण आज पनि लाखौं युवाका लागि प्रेरणा बनेको छ ।’
एमाले अध्यक्ष केपी शर्मा ओलीको दृढता, अटलता र देशप्रतिको समर्पण आज लाखौँ युवाका लागि प्रेरणा बनेको उनको जिकिर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण