सरकारी भवनमा आगजनी गरेर प्रहरीको एसएलआर लुट्ने परियारलाई थुनामा पठाउने आदेश
सारांश
- ललितपुरका राजु परियारलाई एसएलआर लुट्ने आरोपमा पूर्पक्षका लागि थुनामा पठाइएको छ।
- परियारले सिंहदरबारमा एसएलआरसहित प्रदर्शन गरेको र आगजनी गरेको आरोप लागेको छ।
- परियारविरुद्ध आपराधिक उपद्रव, ज्यान मार्ने उद्योग, ठगी र बैंकिङ कसुर लगायतका मुद्दा छन्।
काठमाडौँ । जेनजी प्रदर्शनको क्रममा प्रहरीको एसएलआर ‘सेल्फ लोडिङ राइफल’ लुट्ने ललितपुरका राजु परियार उर्फ सम्राटलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले सोमबार ललितपुर महानगरपालिका–१३ कुसुन्ती घर भएका ३६ वर्षीय राजु परियारलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
परियारले एसएलआर बोकेर सिंहदरबार मुलगेटमा प्रदर्शन गरेको फोटो र भिडियो सामाजिक सञ्जालमा भेटिएको थियो ।
परियाले काठमाडौँ, ललितपुर, भक्तपुरको विभिन्न प्रहरी बिट, सरकारी कार्यालय र व्यक्तको घरमा आगजनी गरेको भिडियो सामाजिक सञ्जालमा भेटिएको आधारमा मुद्दा दर्ता गरेको थियो । उनी विरुद्ध आपराधिक उपद्रव सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको थियो ।
भिडियोमा प्रदर्शन गरेको हतियार परियारले नेपाली सेनालाई बुझाएको प्रहरीसँग बयानमा बताएका थिए । तर, हतियार बुझाएको प्रमाण भने प्रहरीले पाउन सकेको थिएन ।
यसअघि पनि उनी विरुद्ध विभिन्न प्रहरी कार्यालयबाट ८ वटा मुद्दा चलेको अपराध रेकर्ड सिस्टममा देखिएको छ । ज्यान मार्ने उद्योग, ठगी, अभद्र व्यवहार र बैंकिङ कसुर मुद्दामा प्रहरीले उनलाई यसअघि पक्राउ गरेर अनुसन्धान गरेको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौँबाट उनी विरुद्ध २०६४ मा ज्यान मार्ने उद्योग, प्रहरी परिसर ललितपुरबाट २०७० मा ज्यान मार्ने उद्योग, प्रहरी वृत्त नयाँ बानेश्वरबाट २०७० मा ठगी र २०७९ मा महाराजगन्जबाट बैकिङ कसुर मुद्दा चलेको भेटिएको थियो ।
२०८० साउनमा ललितपुर परिसरबाट ठगी र २०६५ मा अभद्र व्यवहार सम्बन्धी मुद्दा चलेको भेटिएको छ ।
२०७५ मा प्रहरी वृत्त नयाँ बानेश्वरबाट अभद्र व्यवहार र २०७१ मा स्वयम्भूबाट ठगी सम्बन्धी कसुरमा जाहेरी दर्ता गरेर अनुसन्धान भएको भेटिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण