एमआरपी नराखी बिक्री गर्ने कस्मेटिक पसललाई दुई लाख जरिवाना
सोमबार, २४ कात्तिक २०८२, १८ : ०३
काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एमआरपी नराखी बिक्री गर्ने कस्मेटिक पसललाई २ लाख १ हजार रुपैयाँ जरिवाना तिराएको छ ।
सोमबार विभागको बजार अनुगमन टोलीले कमलपोखरीको श्रीसालासर डिस्ट्रिब्यूटर्स प्रालिले एमआरपी नराखी बडीस्प्रे बिक्री गरेको भेटाएपछि उक्त जरिवाना गरिएको विभागले जनाएको छ ।
यस्तै मूल्य सूची तथा दर्ता प्रमाणपत्र नराख्ने कलंकीको विकास ट्रेड प्रालिलाई २० हजार रुपैयाँ र नेपाल थोपा सिँचाई प्रालिलाई १० हजार रुपैयाँ जरिवाना तिराएको छ ।
विभागले आज १६ वटा फर्मको अनुगमन गरेकामा अन्य १३ वटा फर्मलाई सामान्य निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ७७५ ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण