सर्वोच्चद्वारा निकोलस भुसाललाई हाजिर जमानीमा छाड्ने आदेश*
काठमाडौँ । सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा कमल भुसाल उर्फ निकोलस भुसाललाई हाजिर जमानीमा छाड्ने आदेश गरेकाे छ ।
भुसालले दिएको बन्दीप्रत्यक्षीकरण रिटमा सोमबार सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्दै हाजिर जमानीमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो ।
भड्काउपूर्ण अभिव्यक्तिपछि पक्राउ परेका भुसालको बन्दीप्रत्यक्षीकरण रिटमा यसअघि सर्वोच्च अदालतले गृह मन्त्रालयको नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।
भुसालले कात्तिक १६ गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालको घर घेर्ने भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।
त्यस्तै उनले ‘क्षेप्यास्त्र आक्रमण गर्ने’ चेतावनी समेत दिएका थिए ।
*यसअघि समाचारमा अन्यथा भएकाले सच्याइएकाे छ । सम्पादक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी विरोधपछि ३ प्रतिशत स्वास्थ्य र समता शुल्कबाट पछि हट्यो सरकार
-
जसपा नेपालले बोलायो पुरानो केन्द्रीय समिति बैठक, आफ्नो छुट्टै कार्यक्रम जारी राख्ने
-
गुणस्तरीय तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकारकाे जोड
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण