कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : प्रदेशसभा कृषि बजारमा सार्ने निर्णय
सारांश
- कोशी प्रदेश मन्त्रिपरिषद्ले प्रदेश सभाको अधिवेशन मोरङको कटहरीस्थित कृषि थोक बजारमा गर्ने निर्णय गर्यो।
- प्रदेश सभा भवन ध्वस्त भएपछि मन्त्रिपरिषद्ले वैकल्पिक स्थानको रूपमा उक्त भवन प्रयोग गर्ने स्वीकृति दियो।
- बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयलाई भवन मर्मतको जिम्मा दियो, र सचिवहरुको पदस्थापन गर्यो।
विराटनगर । कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सभाको आगामी अधिवेशन मोरङको कटहरीस्थित एकीकृत कृषि थोक बजारको भवनमा सञ्चालन गर्ने निर्णय गरेको छ ।
जेनजी आन्दोलनका क्रममा प्रदेश सभा भवन ध्वस्त भएपछि वैकल्पिक स्थानको रूपमा उक्त भवनलाई प्रयोग गर्न मन्त्रिपरिषद्को बैठकले स्वीकृति प्रदान गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले चाँडै नै प्रदेश सभाको अधिवेशन बोलाउनुपर्ने अवस्थालाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको हो ।
बैठकले उक्त भवनलाई प्रदेशसभा सञ्चालनका लागि तयार गर्न आवश्यक मर्मत सम्भार र निर्माणको जिम्मा भौतिक पूर्वाधार विकास मन्त्रालयलाई दिने निर्णय समेत गरेको छ ।
यसैबिच मन्त्रिपरिषद् बैठकले सङ्घीय सरकारका सहसचिव उद्धवप्रसाद रिजाललाई सामाजिक विकास मन्त्रालयको रिक्त प्रदेश सचिवमा पदस्थापन गर्ने निर्णय गरेको छ । यस्तै सहसचिव पुष्करप्रसाद पोख्रेललाई खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको सचिव, सहसचिव कोषहरी निरौलालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिवमा पदस्थापन गरिएको छ । निरौलालाई भने प्रदेश योजना आयोगको सचिवको समेत कामकाज गर्ने जिम्मेवारी तोकिएको छ ।
मन्त्रिपरिषद् बैठकले आगामी ९ डिसेम्बर २०२५ मा भारतको पश्चिम बङ्गालमा हुने डब्लुसीसीडीबी इन्डिया एन्ड नेपाल मिटिङ मा सहभागी हुन प्रदेश सचिव डा. इन्द्रप्रसाद सापकोटालाई मनोनयन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण