बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा नियुक्त भएका चन्द्रपाल को हुन् ?

सोमबार, २४ कात्तिक २०८२, १९ : २५
सोमबार, २४ कात्तिक २०८२

सारांश

  • जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि शिवनाराइन चन्द्रपाललाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
  • चन्द्रपाल वेस्ट इन्डिजका पूर्वक्रिकेटर हुन् र अन्तर्राष्ट्रिय क्रिकेटमा दशौं सर्वाधिक रन बनाउने खेलाडी हुन्।
  • उनले वेस्ट इन्डिजको कप्तानीमा १४ टेस्ट र १६ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका थिए।

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि जनकपुर बोल्ट्सले मुख्य प्रशिक्षकको रूपमा शिवनाराइन चन्द्रपाललाई नियुक्त गरेको छ । 

चन्द्रपाल वेस्ट इन्डिजका पूर्वक्रिकेटर हुन् । ५१ वर्षीय उनी ब्याटर हुन् । सन् १९९४ देखि २०१५ सम्म उनी वेस्ट इन्डिजको टिममा आबद्ध थिए । 

चन्द्रपाल अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा दशौं सर्वाधिक रन बनाउने खेलाडी हुन् र टेस्ट क्रिकेटमा नवौँ स्थानमा पर्छन् । उनी सन् २००४ को आईसीसी च्याम्पियन्स ट्रफी जित्ने वेस्टइन्डिज टोलीका सदस्य पनि थिए । सो प्रतियोगिताको फाइनल खेलमा उनले वेस्टइन्डिजका लागि ब्याटिङमा सबैभन्दा ठुलो योगदान दिएका थिए, उक्त खेलमा उनले ४७ रन बनाएका थिए । 

चन्द्रपालले वेस्टइन्डिजको कप्तानीमा १४ टेस्ट र १६ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेले । बाँया हातले ब्याटिङ गर्ने चन्द्रपाल आफ्नो असामान्य ब्याटिङ शैलीका कारण प्रसिद्ध छन्, जसलाई प्रायः 'क्र्याब–लाइक' भनिन्छ ।

उनले अन्तर्राष्ट्रिय क्रिकेटमा २० हजार रन बनाएका छन् । सन् २००८ मा उनलाई विज्डेन क्रिकेटर अलमान्याकद्वारा 'वर्षका पाँच क्रिकेटर' मध्ये एकका रूपमा चयन गरिएको थियो र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) द्वारा प्रदान गरिने सर गारफिल्ड सोबर्स ट्रफी (वर्षको उत्कृष्ट क्रिकेटर) पुरस्कारले सम्मानित गरिएको थियो ।

यसअघि जनकपुर बोल्ट्सका मुख्य प्रशिक्षक पुबुदु दासनायके थिए । उनकै प्रशिक्षणमा जनकपुरले पहिलो एनपीएल संस्करणको उपाधि जितेको थियो । 

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप