अपडेट
दिल्ली विस्फोटमा मृत्यु हुनेको संख्या ११ पुग्यो, विभिन्न सहरमा अलर्ट जारी
सोमबार, २४ कात्तिक २०८२, २१ : ४४
सारांश
- नयाँ दिल्लीको लाल किल्ला मेट्रो स्टेसन नजिकै भएको विस्फोटमा ११ जनाको मृत्यु भएको छ र २४ जना घाइते भएका छन्।
- घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ र एक अटो चालकले विस्फोट स्विफ्ट डिजायर कारमा भएको बताएका छन्।
- विस्फोटपछि मुम्बई, हरियाणा र उत्तर प्रदेशका सहरहरूमा उच्च सतर्कता जारी गरिएको छ।
नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीको लाल किल्ला मेट्रो स्टेसन नजिकै भएको विस्फोटमा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ भने २४ जना घाइते भएका छन् ।
घाइतेहरूलाई नजिकको अस्पतालमा भर्ना गरिएको छ । घटनामा घाइते भएका एक अटो चालकले यो विस्फोट स्विफ्ट डिजायर कारमा भएको बताएका छन् । यद्यपि, विस्फोटपछि भारतका मुम्बई हरियाणा र उत्तर प्रदेशका सहरहरूमा उच्च सतर्कता जारी गरिएको छ ।
दिल्ली दमकल विभागका अनुसार विस्फोट जस्ता केही आवाजहरू सुनिएपछि उनीहरूलाई सूचना प्राप्त भएको थियो । त्यसपछि दमकलका धेरै गाडीहरू घटनास्थलमा पठाइएको थियो ।
घटनापछि दिल्लीका प्रहरी कमिश्नर सतीश गोलचाले कार विस्फोटको जानकारी दिँदै सोमबार साँझ एक बिस्तारै गुडिरहेको कार रेड सिग्नलमा रोकिँदा त्यसमा विस्फोट भएको बताए ।
विस्फोटमा वरपरका गाडीहरू पनि प्रभावित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालले बोलायो पुरानो केन्द्रीय समिति बैठक, आफ्नो छुट्टै कार्यक्रम जारी राख्ने
-
गुणस्तरीय तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकारकाे जोड
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण