कस्तो छ धर्मेन्द्रको स्वास्थ्य अवस्था ? यस्तो भन्छ परिवार
सारांश
- बलिउड अभिनेता धर्मेन्द्रलाई सास फेर्न समस्या भएपछि मुम्बईको अस्पतालमा भर्ना गरिएको छ।
- डाक्टरहरूले उनको स्वास्थ्यमा निगरानी गरिरहेका छन् र ७२ घण्टा चुनौतीपूर्ण रहेको बताएका छन्।
- परिवारका सदस्यहरू अस्पतालमा उपस्थित छन् र उनको स्वास्थ्यलाभको कामना गरिएको छ।
मुम्बई । बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको स्वास्थ्य सोमबार अचानक बिग्रिएपछि उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको छ। स्रोतका अनुसार उनलाई सास फेर्न समस्या भएपछि भेन्टिलेटर सपोर्टमा राखिएको छ।
डाक्टरहरूको टोलीले उनको स्वास्थ्यमा लगातार निगरानी गरिरहेको छ। डाक्टरहरूले आगामी ७२ घण्टा धर्मेन्द्रका लागि निकै चुनौतीपूर्ण रहेको बताएका छन्।
अभिनेत्री तथा धर्मेन्द्रकी श्रीमती हेमा मालिनीले इन्स्टाग्राममा एक पोस्ट सेयर गर्दै उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छन्। उनले लेखेकी छन्, ‘धर्मेन्द्रजी अस्पतालमा हुनुहुन्छ। डाक्टरहरूले उहाँको हेरचाह गरिरहेका छन्। परिवार उहाँसँगै छ।’ उनले सबैलाई धर्मेन्द्रको शीघ्र स्वास्थ्य लाभको लागि प्रार्थना गरिदिन आग्रह गरेकी छन्।
उनको अवस्थाबारे चिन्ता बढिरहेका बेला सन्नी देओलको टोलीले एक बयान जारी गरेको छ। बयानमा भनिएको छ, ‘सधैँजस्तै यो मात्र हल्ला हो। धर्मेन्द्रको अवस्था राम्रो हुँदैछ। उहाँ अब्जरभेसनमा हुनुहुन्छ। डराउनुपर्ने कुनै कुरा छैन।’
दैनिक भास्करका अनुसार धर्मेन्द्रका परिवारका सदस्यहरू अस्पतालमा उपस्थित छन्। हेमा मालिनी पनि उनलाई भेट्न अस्पताल पुगेकी छन्। साथै, धर्मेन्द्रकी अर्की छोरी अहाना देओललाई अमेरिकाबाट बोलाइएको खबर छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण