फिलिपिन्समा अर्को समुद्री आँधी, ६ जनाको मृत्यु
सारांश
- फिलिपिन्समा आएको अर्को समुद्री आँधीका कारण कम्तिमा छ जनाको मृत्यु भएको छ।
- आँधीका कारण बाढी र पहिरो आएको थियो भने १४ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
- यस वर्ष फिलिपिन्समा आएको फङ–वङ २१ औं समुद्री आँधी थियो, जुन ताइवानतर्फ सर्दै छ।
मनिला । फिलिपिन्समा शक्तिशाली समुद्री आँधीले २०० भन्दा बढी व्यक्तिको ज्यान लिएको केही दिनपछि आएको अर्को समुद्री आँधीका कारण कम्तिमा छ जनाको मृत्यु भएको छ । समुद्री आँधी फङ–वङसँगै बाढी र पहिरो पनि आएको समाचारमा उल्लेख छ ।
आँधीका कारण पहिरो जानु अघि नै फिलिपिन्समा १४ लाखभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको थियो । आँधी ताइवानतर्फ सर्दै गइरहेको छ । ताइवानमा पनि ३० हजारभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।
यस वर्ष फिलिपिन्समा आएको फङ–वङ २१ औं समुद्री आँधी थियो । एक पछि अर्को गर्दै समुद्री आँधी आइरहँदा मानिसहरूलाई सामान्य जनजीवनमा फर्किनै सकस भइरहेको छ । स्थानीय रूपमा उवान भनेर चिनिने फङ–वङ आइतबार राति लुजोनको अरोरा प्रान्तमा लगभग १८५ किलोमिटर प्रतिघण्टा (११५ माइल प्रतिघण्टा)को वेगमा आएको थियो ।
फिलिपिन्सको मौसम विज्ञान विभागले यस अघि नै विनाशकारी आँधी आउने भन्दै जीवन उच्च जोखिममा पर्न सक्ने चेतावनी दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण