भारतसँग व्यापार सम्झौताको धेरै नजिक पुग्यौँ : ट्रम्प
मङ्गलबार, २५ कात्तिक २०८२, १० : ४८
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग व्यापार सम्झौताको नजिक रहेको बताए।
- उनले भारतसँग पहिलेको भन्दा फरक र निष्पक्ष सम्झौता गर्ने कुरा गरे।
- ट्रम्पले भारत राम्रो वार्ताकार भएको र आफूहरू राम्रो सम्झौताको नजिक रहेको बताए।
वासिङ्टन डीसी । अमेरिका भारतसँग व्यापार सम्झौताको नजिक रहेको दाबी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका छन् । सोमबार भारतका लागि आफ्ना राजदूत सर्जियो गोरको शपथ ग्रहण समारोहमा सोमबार उनको यो भनाइ आएको हो ।
‘हामी भारतसँग एउटा सम्झौता गर्दैछौं जुन हामीले पहिले गरेको भन्दा धेरै फरक छ । उनीहरूलाई अहिले म मन पर्दिन, तर उनीहरू फेरि हामीलाई मन पराउन थाल्नेछन् । हामी निष्पक्ष सम्झौता गर्दैछौँ, निष्पक्ष व्यापार सम्झौता’ पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने ।
अमेरिका र भारतबिच धेरै खराब व्यापार सम्झौताहरू भएको भन्दै भारतका वार्ताकार धेरै राम्रा भएकाले आफूहरू सबैको लागि राम्रो सम्झौताको धेरै नजिक पुगेको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण