अपडेट
मधेस सरकार गठनविरूद्ध दायर रिटको सुनुवाइ न्यायाधीश ढुङ्गानाको इजलासमा
मङ्गलबार, २५ कात्तिक २०८२, ११ : ४५
सारांश
- मधेस प्रदेश सरकार गठनविरुद्ध परेको रिटको सुनुवाइ सर्वोच्च अदालतमा हुने भएको छ।
- रकीप्रसाद साह र अर्जुन साहले मधेस सरकार असंवैधानिक भएको दाबी गर्दै रिट दायर गरेका थिए।
- रिटमा मधेस प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र प्रदेश सभालाई विपक्षी बनाइएको छ।
काठमाडौँ । मधेस प्रदेश सरकार गठनविरूद्ध दायर भएको रिट सुनुवाइका लागि पेसी तोकिएको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासमा दुई वटा रिट सुनुवाइका लागि पेसी तोकिएको हो ।
रकीप्रसाद साह र अर्जुन साहले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गठन भएको मधेसको सरकार असंवैधानिक भएको दावी गर्दै रिट दायर गरेका थिए । साहले १३३ बमोजिम उत्प्रेषण रिट जारी गरी मधेस प्रदेश प्रमुखले गरेको मुख्यमन्त्री नियुक्ति बदर गरी संवैधानिक प्रक्रिया अगाडि बढाउन माग गरेको छन् ।
दुई वटै रिटमा मधेस प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेस प्रदेश सभालाई विपक्षी बनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण