बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

महालक्ष्मी विकास बैंक र दराजबिच ११.११ अभियानको लागि सहकार्य

मङ्गलबार, २५ कात्तिक २०८२, १२ : ०५
मङ्गलबार, २५ कात्तिक २०८२

सारांश

  • महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानको लागि सहकार्य भएको छ।
  • यस सहकार्य अन्तर्गत, बैंकका ग्राहकले दराजबाट सामान खरिद गर्दा छुट पाउनेछन्।
  • बैंकले डिजिटल सेवा विस्तार गर्दै ग्राहक सन्तुष्टि बढाउने विश्वास लिएको छ।

काठमाडौँ । महालक्ष्मी विकास बैंक र दराज नेपाल बीच ११.११ अभियानको लागि ग्राहकहरुलाई विशेष अफर र लाभहरु प्रदान गर्ने गरी सहकार्य भएको छ । 

११.११ को रुपमा विश्वव्यापी रुपमा नै मनाइने यस अभियान मार्फत महालक्ष्मी विकास बैंकले प्रदान गर्दै आएका डिजिटल बैंकिङ्ग सुविधाहरुलाई अझ विस्तार गर्दै जाने निति अनुरुप दराज नेपाल सँग सहकार्य भएको हो । 

यस सहकार्य अन्तर्गत २०८२ कार्तिक २५ गते देखि २०८२ मंसिर ५ गते सम्मको लागि लागु हुने गरी महालक्ष्मी विकास बैंकका डेबिट कार्ड तथा क्रेडिट कार्ड लिएका गा्रहकहरुले दराज नेपाल मार्फत सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम रु. १५०० सम्म छुट तथा त्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम रु. २००० सम्म छुट प्राप्त गर्न सक्नेछ्न । 

छुटको लागि ग्राहकहरुले दराजबाट भौचर संकलन गर्नुपर्नेछ । योजना अवधीभर सहभागी हुने ग्राहकहरुलाई पहिलोलाई प्राथमिकतामा राखी छुट प्रदान गरिनेछ । यस प्रकारका समझदारीबाट ग्राहकहरुसँग डिजिटल रुपमा जोडिन, ग्राहकहरुको भुक्तानी प्रक्रियालाई सुनिश्चित गर्न तथा डिजिटल नवप्रवर्तनको माध्यमबाट ग्राहक सन्तुष्टिलाई बढवा दिन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । 

हालै मात्र बैंकले आफ्ना क्रेडिट कार्ड वाहकहरुले विभिन्न ट्राभल एजेन्सी मार्फत टुर प्याकेज खरिद गर्दा महालक्ष्मी बैंकको क्रेडिट कार्ड प्रयोग गरी खरिद गर्न सक्ने योजनाको सुरुवात गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप