दिल्ली विस्फोटप्रति प्रधानमन्त्री कार्कीद्वारा दुःख व्यक्त, भनिन्, ‘नेपाल भारतको साथमा छ’
मङ्गलबार, २५ कात्तिक २०८२, १२ : ४०
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले दिल्ली बम विस्फोटको घटनाप्रति दुःख व्यक्त गरेकी छिन्।
- उनले सामाजिक सञ्जालमार्फत पीडित परिवारप्रति समवेदना प्रकट गरेकी हुन्।
- विस्फोटमा ८ जनाको मृत्यु भएको थियो भने २ दर्जन घाइते भएका थिए।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले भारतको राजधानी दिल्लीमा सोमबार साँझ भएको बम विस्फोटको घटनाप्रति गहिरो दुःख व्यक्त गरेकी छन्।
उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै लेखेकी छिन्, ‘हिजो साँझ भएको दुःखद दिल्ली विस्फोटबाट म स्तब्ध र मर्माहत भएकी छु।’ प्रधानमन्त्री कार्कीले यस घटनामा परी ज्यान गुमाएका परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्।
यस दुःखको घडीमा नेपाल भारतको साथमा रहेको भन्दै उनले ऐक्यबद्धता जनाएकी छिन्। सोमबार दिल्लीको लाल किल्ला नजिकै रहेको मेट्रो रेल स्टेसनको छेउमा गुडिरहेको एक कारमा बम विस्फोट भएको थियो। उक्त विस्फोटमा कम्तीमा ८ जनाको मृत्यु भएको थियो भने दुई दर्जनजना घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण