कांग्रेसभित्र सामाजिक सञ्जालमा लाञ्छना लगाउने प्रवृत्ति आत्मघाती : प्रवक्ता महत
सारांश
- कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्र सामाजिक सञ्जालमा लाञ्छना लगाउने प्रवृत्ति आत्मघाती भएको बताए।
- पार्टीको केन्द्रीय समिति बैठकमा महाधिवेशन छिटो गर्नुपर्नेमा सहमति जुट्न सकेन, निर्वाचनबारे छलफल केन्द्रित रह्यो।
- निर्वाचनअघि महाधिवेशन गर्न नसकिने अडानका कारण कांग्रेसभित्र आन्तरिक टकराब बढेको छ।
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्र सामाजिक सञ्जालमार्फत एक–अर्कामाथि लाञ्छना लगाउने तथा आफ्नै सहकर्मीलाई होच्याउने प्रवृत्ति देखिनु आत्मघाती भएको टिप्पणी गरेका छन्।
मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले जारी केन्द्रीय समिति बैठकमा महाधिवेशन छिटोभन्दा छिटो गर्नुपर्ने कुरामा नेताहरूबिच एकमत रहे पनि सहमति जुट्न नसकेको बताए।
उनका अनुसार, बैठकमा 'राष्ट्रिय निर्वाचनको सँघारमा हाम्रो आन्तरिक निर्वाचन गर्नु कति उपयुक्त छ?' र 'त्यसका लागि यथेष्ट तयारी पुगेको अवस्था छ कि छैन?' भन्ने विषयमा छलफल केन्द्रित रहेको छ। उनले बैठकको अन्त्यसम्ममा महाधिवेशनबारे पार्टीको आधिकारिक निर्णय हुने विश्वास व्यक्त गरे।
प्रवक्ता महतले भने, ‘पार्टीभित्रैबाट सामाजिक सञ्जालमा लाञ्छना लगाउने, आफ्नै साथीभाइलाई होच्याउने र नियोजित रूपमा प्रयोग गर्ने जुन प्रवृत्ति छ, त्यो आत्मघाती छ भनेर मैले अस्ति नै केन्द्रीय समितिको बैठकमा पनि भनेको छु।’
उनले सरकारले वातावरण बनाएको अवस्थामा निर्वाचनमा सहभागी हुने र नभए संसद् पुनर्स्थापनाको मागलाई दह्रोसँग उठाउने विषयमा पार्टीभित्र एकमत रहेको पनि बताए।
हाल निर्वाचनअघि महाधिवेशन हुनै नसक्ने संस्थापन पक्ष, चुनावमा नयाँ नेतृत्व लिएर मात्रै जानुपर्ने दुई महामन्त्री र संस्थापनइतर पक्षको अडानका कारण कांग्रेसभित्र आन्तरिक टकराब चुलिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण