मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटमा मंसिर १० गतेभित्र लिखित जवाफ पेस गर्न आदेश
सारांश
- सर्वोच्च अदालतले मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटमा मंसिर १० गतेभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ।
- अदालतले प्रदेश प्रमुखको निर्णयमाथि कारण देखाउ आदेश जारी गर्दै मुख्यमन्त्रीलाई दीर्घकालीन प्रभाव पार्ने कुनै काम नगर्न भनेको छ।
- रिटमा मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्ति बदर गर्न माग गर्दै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको निर्णयमाथि प्रश्न उठाइएको छ।
काठमाडौँ । मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटमा सर्वोच्च अदालतले मंसिर १० गतेभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ। मुख्यमन्त्री नियुक्ति गैरकानुनी भएको जिकिर गर्दै रकी प्रसाद साहसमेत दुई जनाले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले मंगलबार मधेस प्रमुखको हकमा महान्यायाधिवक्ताको कार्यालयमार्फत र अन्य विपक्षीको हकमा प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी (हाल बर्खास्त)को निर्णयमाथि कारण देखाउ आदेश जारी गर्दै सर्वोच्चले भनेको छ, ‘यसमा के भएको हो ? निवेदकको मागबमोजिम उत्प्रेषणसमेतको आदेश किन जारी हुनुनपर्ने हो ? आदेश जारी हुन नपर्ने भए सोको आधार कारणसहित मंसिर १० गतेभित्र जवाफ पेस गर्नू ।’
रिटमा अन्तरिम आदेश समेत माग भएकाले हाललाई अदालतले दीर्घकालीन प्रभाव पर्ने कुनै पनि काम कारबाही गर्न मुख्यमन्त्री सरोज कुमार यादवलाई रोक लगाएको छ । भण्डारीले होटलमा पुगेर छलकपटपूर्ण ढंगले यादवलाई मुख्यमन्त्री नियुक्त गरेको जिकिर सहित उक्त निर्णय बदर गर्न रिटमा माग गरिएको थियो । अब अदालतले लिखित जवाफ प्राप्त भएपछि अर्को पेसी तोकेर सुनुवाइ अघि बढाउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण