ट्रंकलाइन महसुल विवाद : अर्घाखाँची सिमेन्टको रिटमा सर्वाेच्चले दिएन अन्तरिम आदेश
काठमाडौँ । सर्वोच्च अदालतले डेडिकेटेड ट्रंकलाइन महसुल विवादमा अर्घाखाँची सिमेन्टको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।
न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले कात्तिक ३० गते दुवै पक्षलाई छलफलमा बोलाउँदै कारण देखाउ आदेश मात्र जारी गरेको हो ।
सिमेन्टले आफूमाथि अन्याय भएको उद्योगसमेत बन्द गर्नुपर्ने अवस्था भएको भन्दै सर्वोच्चमा रिट दायर गरेको थियो ।
यसअघि गत कात्तिक १७ मा डेडिकेटेड र ट्रंक लाइन विद्युत् महसुल विवादमा सरकार र उद्योगीबिच मध्यमार्गी प्रस्तावमा सहमति भएको थियो ।
मध्यमार्गी प्रस्ताव कार्यान्वयन गर्ने गरी प्रधानमन्त्री सुशीला कार्कीले भुक्तानी सहजीकरण र पुनरावलोकन सुन्ने व्यवस्था कार्यान्वयन गर्न आग्रह गरेकी थिइन् ।
नेपाल विद्युत् प्राधिकरणले बिजुली काटेसँगै उद्योग कात्तिक ४ गतेदेखि बन्द छ । अर्घाखाँची सिमेन्टले दैनिक ६० हजारभन्दा बढी बोरा उत्पादन गर्दै आएको थियो ।
प्राधिकरणका अनुसार अर्घाखाँची सिमेन्टको ४४ करोड ८४ लाख रुपैयाँ बक्यौता भुक्तानी गर्नुपर्नेछ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण