अद्यावधिकका लागि कुलमानको ‘उज्यालो नेपाल पार्टी’ आयोगमा, रिमा विश्वकर्मा पनि केन्द्रीय सदस्य
काठमाडौँ । दल दर्ताका लागि पेस भएको कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’ ले निर्वाचन आयोगमा अद्यावधिक विवरण बुझाएको छ ।
उक्त पार्टीको अद्यावधिक विवरण मंगलबार आयोगमा पेस गरिएको केन्द्रीय सदस्य जितराम लामाले जानकारी दिए ।
उनका अनुसार पूर्वसचिव अनुपकुमार उपाध्याय अध्यक्ष प्रस्ताव गरिएको छ ।
उपाध्यायलाई अध्यक्ष र बाँकी सबैलाई सदस्य राखिएको छ । पार्टीको सदस्यमा डा. तारा प्रसाद जोशी, प्रा.डा. महेन्द्र सुन्दर लावती, डा. घनश्याम पाण्डे, डा. सागर ढकाल, डा. अभिषेक राज सिंह, डा. शंकर ढकाल, ई. तेजनारायण यादव, कलाकार रिमा विश्वकर्मा, टासी ल्हामोल्म, डा. राजु थापा, डा. विशाल भण्डारी, श्री गुरुङ, निलिमा बस्नेत छन् ।
त्यस्तै, दिपेन्द्र जमरकट्टेल, सीता देवी पाण्डेय, ज्ञानेन्द्र कुमार तामाङ, डकेन्द्र सिंह थेगिम, डा. आशुतोष विजय पन्त, डाबर लावती, हिरा प्रसाद सोती (किरण वि.क.) सोम प्रसाद चौधरी, विजय कँडेल, अरविन्द साह, धनबहादुर भिक्क्षन, कुशल गरुङ, निर्देश सिलवाल, लाक्पा फुटी शेर्पा, सुवास प्रधान, जितराम लामा, सरस्वता सुब्बा (सरु), विद्या श्रेष्ठ महर्जन, रामेश्वर श्रेष्ठ, मनोज नुगर र तुलसा वाग्ले लगायत रहेका छन् ।
गत साउन २७ मा दल दर्ताका लागि आयोगमा निवेदन दिइएको भए पनि आवश्यक कागजात नपुग्दा दर्ता हुन सकेको थिएन । कुलमानले निवेदनलाई संशोधन गरी संयोजकमा उपाध्याय बनाएर बुझाएको छ ।
पहिलेको निवेदनमा दलको निर्वाचन चिन्ह ‘बलेको चिम’ माग गरिएको छ । अद्यावधिक विवरणमा केन्द्रीय समितिमा ५१ सदस्यीय समिति प्रस्ताव गरिएको लामाले जानकारी दिए । कुलमान भने पार्टीमा आबद्ध भएका छैनन् ।
किरण विकले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको राष्ट्रिय जेनजी पार्टी नेपालले कुलमानको पार्टीलाई समर्थन गरेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण