लम्पी स्कीन रोगबाट कोशीमा एक हजार ११६ वटा चौपाया मरे
सारांश
- कोशी प्रदेशमा यस वर्ष लम्पी स्कीन रोगबाट १,११६ चौपायाको मृत्यु भयो।
- लम्पी स्कीन रोग कोशी प्रदेशका सोलुखुम्बु बाहेक सबै जिल्लामा देखियो।
- रोग नियन्त्रणका लागि चौपायामा सुई लगाइयो र रोगलाई नियन्त्रणमा लिइयो।
विराटनगर । कोशी प्रदेशमा यस वर्ष लम्पी स्कीन रोगबाट एक हजार ११६ वटा चौपायाको मृत्यु भएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय सुनसरी धरानले जनाएको छ । कुनै पनि समयमा देखिने यो रोग यस वर्ष गर्मी र बर्सातको मौसममा देखिएको थियो ।
प्रदेशका तीन लाख ९४ हजार ५८५ चौपायामध्ये तीन लाख १५४ मा लम्पी स्कीनको रोग देखिएको निर्देशनालयका पशु चिकित्सक पुरुषोत्तम पाण्डेले जानकारी दिए । भाइरसबाट हुने यो रोगबाट बच्न निर्देशनालयले चौपायामा सुई लगाएको थियो र रोगलाई समयमै नियन्त्रणमा लिन सफल भएको थियो ।
खास गरी कोभिडको समयमा अस्ट्रेलियाबाट भित्रिएको यो रोग यस वर्ष कोशी प्रदेशको सोलुखुम्बु जिल्ला बाहेक सबै जिल्लाका चौपायामा देखिएको थियो भने पाँचथर र तेह्रथुम जिल्लामा यो रोगबाट कुनै पनि चौपायाको मृत्यु नभएको चिकित्सक पाण्डेले बताए । गाईभैँसीमा लाग्ने यो रोग लागेपछि जीउमा गिर्खा जस्तो देखिने, ज्वरो आउने, घाउ हुने फुट्ने, तौल घट्ने, कमजोर हुनेजस्ता लक्षण देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण