इस्लामाबाद अदालतमा भएको आत्मघाती विस्फोटबारे अफगान तालिबानको प्रतिक्रिया
मङ्गलबार, २५ कात्तिक २०८२, २३ : ३४
सारांश
- तालिबान सरकारले पाकिस्तानको इस्लामाबादमा भएको आत्मघाती विस्फोटको कडा निन्दा गरेको छ।
- विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको थियो, जुन इस्लामाबादको अदालत बाहिर भएको थियो।
- पाकिस्तानका प्रधानमन्त्रीले भारत समर्थित चरमपन्थी समूह संलग्न हुनसक्ने आरोप लगाएका छन्।
काठमाडौँ । अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानको राजधानी इस्लामाबादस्थित अदालत बाहिर भएको आत्मघाती विस्फोटको कडा निन्दा गरेको छ।
तालिबानका विदेश मन्त्रालयका प्रवक्ता अब्दुल कहर बाल्खीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘इस्लामाबादमा भएको धमाका प्रति इस्लामिक अमीरात अफगानिस्तानले गहिरो दुःख व्यक्त गर्दछ र घटनाको निन्दा गर्दछ।’
मंगलबार इस्लामाबादको सेक्टर जी–११ मा रहेको डिस्ट्रिक्ट एन्ड सेशन्स कोर्टको बाहिर आत्मघाती विस्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज़ शरीफले यो हमलामा ‘भारत समर्थित चरमपन्थी समूह संलग्न हुनसक्ने’ आरोप लगाएका छन्। तर भारतले यसबारे कुनै प्रतिक्रिया दिएको छैन।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण