बजारमा 'श्लोक हिमालयन'
बुधबार, २६ कात्तिक २०८२, १७ : १२
काठमाडौं । हिमालयन डिस्टिलरीले बहुप्रतिक्षित ‘श्लोक हिमालयन प्रिमियम ह्विस्की’ बजारमा ल्याएको छ। कम्पनीले हाललाई काठमाडौंका प्रमुख स्टोरहरुमा यो नयाँ प्रिमियम ह्विस्की उपलब्ध गराएको जनाएको छ।
कम्पनीका अनुसार यो व्हिस्की उत्कृष्ट शिल्पकौशलको प्रतीक हो । क्वेरकस आल्बा काठका ब्यारेलमा परिपक्व गरिएको यो ह्विस्कीमा मह, भ्यानिला, क्यारेमेल र Smoky Flavor को स्वाद र सुगन्धको सन्तुलित मिश्रण पाइने कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार श्लोकमा प्रयोग हुने मदिराको विकासमा करिब पाँच वर्षको समय र ४०० भन्दा बढी नमुना परीक्षण गरिएको थियो।
हाल ७५० मि.ली., १८० मि.ली. र ९० मि.ली. गरी तीन वटा साइजमा उपलब्ध छ भने सोको मूल्य क्रमश: रु २,८६०, रु ७१५ र रु ३६० रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण